Search
Close this search box.

राक्सिराङ गाउँपालिकाबाटै करदाता सेवा सुरु

मकवानपुर । राक्सिराङ गाउँपालिकामा शुक्रबारदेखि करदाता सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। गाउँपालिकाको कार्यालयबाटै करदाता सम्बन्धी सेवा प्रदान गर्न थालिएको हो।

आन्तरिक राजस्व कार्यालय र राक्सिराङ गाउँपालिकाको सहकार्यमा सुरु गरिएको यस सेवामार्फत अब गाउँपालिकावासीले प्यान दर्ता तथा करदाता सम्बन्धी आवश्यक सेवा आफ्नै पालिकाबाट प्राप्त गर्नेछन्। यससँगै सामान्य करदाता सेवाका लागि बाहिर धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।
शुक्रबार गाउँपालिका अध्यक्ष राजकुमार मल्लको उपस्थितिमा पालिकामै प्यान हस्तान्तरण गरी सेवाको शुभारम्भ गरिएको हो। यसअघि दर्ता भएका करदाताले समेत आवश्यक सेवा गाउँपालिकाबाटै प्राप्त गर्न सक्ने जनाइएको छ।
यो सेवा मकवानपुरका अधिकांश स्थानीय तहमा सञ्चालनमा आइसकेको छ। अब कैलाश गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र हेटौँडा उपमहानगरपालिका बाहेक अन्य सबै पालिकामा करदाता सेवा विस्तार भइसकेको छ।
यस अभियानले नागरिकलाई नजिकबाट, सहज र छिटो करदाता सेवा उपलब्ध गराउने विश्वास गाउँपालिकाले व्यक्त गरेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan