मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा –९ पशुपतिनगरमा शनिबार ट्रकको ठक्करबाट भारतीय मोटरसाइकल चालकको मृत्यु भएको छ।
शनिबार दिउँसो करिब २:५० बजे हेटौँडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको डब्लु बी १४ डब्लु ८५२५ नम्बरको भारतीय मोटरसाइकललाई सोही दिशातर्फ नारायणगढबाट वीरगञ्ज जाँदै गरेको लु १ ख ८११६ नम्बरको खाली ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा भारतको पश्चिम बंगालका २७ वर्षीय सुमन मण्डल गम्भीर घाइते भएका थिए। घटनास्थलमा पुगेको प्रहरीले उनलाई हेटौँडा अस्पताल पुर्याए पनि उपचारकै क्रममा दिउँसो ३:१५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा संलग्न ट्रक, मोटरसाइकल तथा ट्रक चालक दाङको दङ्गीशरण गाउँपालिका–६ निवासी ३९ वर्षीय पूर्णबहादुर बस्नेतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
केही प्रतिक्रिया छ कि ?

