Search
Close this search box.

जेन्जी आन्दोलनका बेला भीमफेदी कारागारबाट फरार प्रतिवादी हेटौँडाबाट पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले भीमफेदी कारागारबाट फरार रहेका चोरी (मोटरसाइकल) मुद्दाका एक प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–५ निवासी २५ वर्षीय शिशिर परियार रहेका छन्। उनी चोरी (मोटरसाइकल) मुद्दामा मकवानपुर जिल्ला अदालतबाट दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका थिए।

अदालतको मुद्दा नं. ०८१–सि–१–०३०६ अन्तर्गत प्रारम्भिक सुनुवाइमा एक लाख रुपैयाँ धरौटी तोकिए पनि रकम बुझाउन नसकेपछि उनलाई भीमफेदी कारागार पठाइएको थियो।

गत पुस १४ गते अदालतले परियारलाई १ वर्ष ३ महिनाको कैद सजाय सुनाएको थियो। सोही सजाय भुक्तानका क्रममा जेन्जी आन्दोलनका बेला उनी कारागारबाट फरार भएका थिए।

फरार प्रतिवादीको खोजतलासका क्रममा प्रहरीले हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्क क्षेत्रबाट लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका परियारलाई बाँकी कैद सजाय भुक्तानका लागि भीमफेदी कारागार पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan