Search
Close this search box.

मनहरी–राक्सिराङका सीमान्तकृत विद्यार्थीलाई ३२२ झुल र दृष्टिविहीनलाई ४० सेतो छडी वितरण

मकवानपुर । मनहरी गाउँपालिका र राक्सिराङ गाउँपालिकाका सीमान्तकृत समुदायका विद्यार्थी तथा दृष्टिविहीन व्यक्तिलाई लामखुट्टेबाट जोगिन प्रयोग गरिने झुल र सेतो छडी वितरण गरिएको छ।

शनिबार र आइतबार लायन्स क्लबको सहयोग तथा हिमराइट्स मकवानपुरको समन्वयमा मनहरी र राक्सिराङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ३२२ वटा झुल तथा दृष्टिविहीन व्यक्तिका लागि ४० वटा सेतो छडी (टेक्ने लठ्ठी) हस्तान्तरण गरिएको हो।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ई नेपालको आयोजनामा सम्पन्न कार्यक्रमलाई लायन गुरु थुब्तेन कर्मा रिन्पोछे तथा डिष्ट्रिक्ट ३२५ ई अन्तर्गतका विभिन्न लायन्स क्लबहरूले प्रायोजन गरेका थिए।
वितरण गरिएका झुल मनहरी–६ स्थित सगरमाथा आधारभूत विद्यालय र प्रजा माध्यमिक विद्यालय तथा राक्सिराङस्थित प्रजा जागृति विद्यालय र सूर्योदय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिएको हो।

हिमराइट्स मकवानपुरकी संयोजक कुमारी वाइबाका अनुसार संस्थाले लामो समयदेखि अध्ययनमा सहयोग गर्दै आएका विद्यार्थी तथा उनीहरूका परिवारलाई गर्मीयाममा लामखुट्टेको टोकाइबाट जोगाउन झुल वितरण गरिएको हो। सामग्री वितरण कार्यक्रम संयोजक वाइबाको समन्वयमा सम्पन्न भएको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan