Search
Close this search box.

हेटौंडाकी वडा सचिव नै एमालेको प्रचारमा


हेटौंडा- मकवानपुरमा आचारसंहिता उल्लंघनका घटना बढिरहेका छन् ।
आचारसंहिता पूर्ण कार्यान्वयन गर्ने निर्वाचन आयोगको दावी विपरीत मकवानपुरमा सरकारी कर्मचारी नै एमालेको चुनावी अभियानमा हिँडेको पाइएको छ ।
हेटौंडा वडा नम्बर ८ की वडा सचिव भगवती रिमाल खुलेआम एमालेको प्रचारप्रसारमा हिँडेकी छन्। उनी हेटौंडा-८ को एक कार्यक्रममा एमालेका उम्मेदवारसँग देखिएकी छन्।
आचारंसहिताले सरकारी कर्मचारीलाई दलका चुनावी गतिविधिमा सहभागी हुन रोक लगाएको छ। उनी भने मन्द मुस्कानका साथ अभियानमा रहँदा पनि निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय मौन देखिएको गुनासो छ ।’ यस्ता कर्मचारी भोलि मतदान र गणनामा खटिंदा निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्ने सर्वसाधारणको भनाई छ ।
निर्वाचन आयोग मकवानपुरले हिजो जिल्ला प्रशासन कार्यालयमा छलफलको आयोजना गर्दै चुनावी आचार संहिताको अवगत गराएको थियो।
पछिल्लो समय सरकारी कर्मचारी, शिक्षक, अर्ध सरकारी कार्यालयका कर्मचारी र स्थानीय तहका कर्मचारी पनि चुनावी अभियानमा हिँडिरहेका छन् । उनीहरूलाई नियमन गर्न भने सम्बन्धित निकायले सकेको छैन । यस अघि
हेटौंडाका सरकारी कार्यालयका लेखापाल नकुल गौतम नेकपा एमालेका उम्मेदवार र नेतासंग चुनावी अभियानमा देखिएका छन् भने हेटौंडाका मेयर हरिबहादुर महत आचार संहित विपरीत एमालेको प्रचारप्रसारमा पुगेका थिए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan