Search
Close this search box.

हेटौँडाबाट पेस्तोलसहित दुई जना पक्राउ

हेटौँडा । हेटौँडाबाट सशस्त्र प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हेडक्वार्टर मकवानपुर र एपीएफ इन्टेलिजेन्स ब्युरोबाट खटिएको संयुक्त टोलीले हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–६, नयाँबस्तीका २७ वर्षीय सुनबहादुर तामाङ र २२ वर्षीय विश्वराज तामाङ रहेका छन्।

शनिबार दिउँसो करिब १२ः१५ बजे सशस्त्र प्रहरी नायब निरीक्षक ऋषिराम पौडेलको कमाण्डमा खटिएको १० जनाको टोलीले बा.प्र.०३–००१ ह ११८१ नम्बरको अटो जाँच गर्ने क्रममा अटो भाग्न खोजेपछि इन्टेलिजेन्स ब्युरोको टोलीले एक राउण्ड हवाई फायर गरेको थियो।

अटो जाँचका क्रममा ७.६५ एमएम क्यालिबरको एक थान सेमी अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने एक थान म्यागजिन र पिँदीमा चोट लागेको अवस्थामा एक राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जना, अटो तथा बरामद हतियार र गोलीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सशस्त्र प्रहरीको नं. १४ गण मकवानपुरमा राखिएको प्रहरीले  जनाइएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan