Search
Close this search box.

गठबन्धनको पक्षमा हेटौंडा १४ मा उर्लिए वडाबासी

हेटौंडा/हेटौंडा उपमहानगरपलिका १४ नम्बर वडामा गठबन्धनको पक्षमा वडाबासी उर्लिएका छन् ।
स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरुलाई विजयी गराउन १४ नम्बर वडाबासी उर्लिएका हुन् । शनिबार गठबन्धन संयुक्त प्रचारप्रसार समितिले आयोजना गरेको चुनावी सभामा गठबन्धनका उम्मेदवारहरुको पक्षमा करिब ७ सय भन्दा बढी वडाबासी उर्लिएका थिए ।
नाचगान र र्यालीसहित उर्लिएका वडाबासीहरुले यसअघि निर्वाचित प्रमुख र वडा अध्यक्षबाट वडाको न्यूनतम विकाससमेत अघि बढ्न नसकेको गुनासो सुनाउँदै गठबन्धनको जित अनिर्वाय रहेको धारणा राखेका थिए । उनीहरुले उम्मेदवार र गठबन्धन दलहरुका नेतालाई झाँकी नाचसहित स्वागत तथा सम्मान गर्दै उपमहानगरमा समेटिए पनि ग्रामीण क्षेत्र सरह समस्या भोग्नु परेको गुनासो सुनाएका थिए ।
वडाबासीले सबै समस्याको दीर्घकालिन समाधानका लागि गठबन्धनलाई जिताउन तयार रहेको विश्वास दिलाए ।
जनताको अपेक्षालाई पाँच वर्षभित्र पूरा गर्छौंः लामा
गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगर प्रमुख उम्मेदवार मिनाकुमारी लामाले हेटौंडा १४ का जनताको अपेक्षालाई पाँच वर्षभित्र पूरा गर्ने बताइन् । हेटौंडा १४ का जनताको समस्यालाई आफुले नजिकबाट नियालेको धारणा राख्दै उनले हरेक जनताका अपेक्षा पूरा गर्न पाँच वर्ष निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘यहाँ केके समस्या छन्, म अवगत् छु । तपाईंहरुका समस्या जस्ताकोतस्तै रहन दिने छैन, यदी त्यस्तो भएमा जनताबाट हुने सजाय भोग्न तयार छु ।’
नदीको तटबन्धनका लागि छुट्टै योजना बनाउने लामाले दाबी गर्दै महिला, खेलकुद, रोजगार हरेक क्षेत्रका समस्या समाधानमा निर्वाचित हुनासाथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।
१४ नम्बर नमूना वडा बन्नेछः बानियाँ
कार्यक्रममा उपप्रमुखका उम्मेदवार राजेश बानियाँले हेटौंडा १४ लाई नमूना वडा बनाइने प्रतिबद्धता व्यक्त गरे । उनले १४ नम्बरलाई हरेक तवरबाट विकास गर्न सकिने हुँदा नमूना वडा बनाउने योजनालाई गठबन्धनको जितपछि तत्काल सुरु गरिने धारणा राखे ।
‘बलियो गठबन्धनको स्थानीय सरकार बलियो बन्ने, यहाँहरुको मन र मतले हामीलाई हौसला मिल्नेछ, जितपछि हाम्रो योजना अघि बढाउन कोहि कसैले रोक्न सक्दैनन् ।’ १४ नम्बरमा यसअघिका वडा अध्यक्षको कमजोरीका कारण धेरै सवालमा समस्या खडा भएकोले जनताले यर्थाथता बुझ्न जरुरी रहेको बानियाँले बताए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan