Search
Close this search box.

गजल मञ्च मकवानपुरकाे अध्यक्षमा समर्पण

हेटौंडा- गजल मञ्च मकवानपुरको अध्यक्षमा गजलकार एवम् पत्रकार केशव समर्पण सर्वसम्वत चयन भएका छन् । अाइतबार भएकाे मञ्चकाे तेस्राे अधिवेशनबाट समर्पणकाे अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

मञ्चको उपाध्यक्षमा सञ्जित श्रेष्ठ, सचिवमा हरिप्रसाद पौड्याल, सहसचिवमा अर्चना दाहाल, कोषाध्यक्षमा विशाल अधिकारी आशुतोष चयन भएका छन् । त्यस्तै मञ्चको सदस्यहरुमा किशन पौडेल, स्वस्तिका दाहाल, भोला शिवाकोटी र रोशनी चौलागाई रहेका छन् ।

अधिवेशनकैबीच मकवानपुरका गजलकार विश्वनाथ सञ्जेललाई स्रष्टा सम्मान (२०७८) प्रदान गरिएको छ । गजल क्षेत्रकाे उन्नयन, विकासमा महत्वपूर्ण याेगदान पुर्याएकाे भन्दै १९०औं विशेष गजल यात्रामा सम्मान पत्रसहित सञ्जेललाई सम्मानित गरिएको हो ।

कार्यक्रममा पाँच जना कृतिकारलाई कृति प्रकाशन सम्मान प्रदान गरिएको थियो । २०७४ सालदेखि हालसम्म गजल संग्रह कृति प्रकाशनमा ल्याएका गजल सङ्ग्रह कहरका कृतिकार किसन पौडेल, संयुक्त गजल संग्रह गोधुली चिन्तनका कृतिकार एसआर मञ्जरी ओली र भोला शिवाकोटी, अक्षर आराधनका कृतिकार मसान उपासक र फर्कियौ किनारबाटका कृतिकार विश्वनाथ सञ्जेललाई सम्मान गरिएको थियोे ।

मञ्चका अध्यक्ष देवराज तिवारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा हास्यब्यङ्ग्यकार तथा बरिष्ठ साहित्यकार आरसी रिजालकाे प्रमुख अातिथ्यता रहेकाे थियाे । कार्यकममा साहित्यकार रमेशमोहन अधिकारी, झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष एवम् गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष दीपक गाैतम, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, साहित्य सङ्गम मकवानपुरका अध्यक्ष अनिता न्यौपाने, संस्थाका उपाध्यक्ष सिएम रिमाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नवनिर्वाचित कार्यसमितिकाे पदस्थापन कार्यक्रम अाज साेमबार गरिने निर्वाचन मण्डलका संयाेजक राजकुमार लामिछानेले जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan