Search
Close this search box.

राक्सिराङमा गठबन्धनकाे चुनावी अभियान तीव्र

हेटाैंडा-आगामी वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रसहितका गठबन्धनका दलले घरदैलाे तथा मतदाता शिक्षा अभियानलाई तीव्रता दिएका छन् ।

गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार राजकुमार मल्ल, माओवादीबाट उपाध्यक्षका उम्मेद्वार बनस्तम थिङसहित वडाध्यक्षका उम्मेद्वार र पार्टीका नेतासहित बुधबार राक्सिराङ ३ र ५ मा घरदैलाे तथा मतदाता शिक्षा कार्यकम सञ्चालन गरेका छन् ।

राक्सिराङ ३ स्थित केराबारीमा गठबन्धनका उम्मेदवारले मत माग्दै घरदैलाे गर्नुका साथै मतदान गर्ने तरिकासमेत सिकाएका थिए । वडा नम्वर ५ स्थित चैनपुरलगायतका टाेलमा र्यालीका साथै काेणसभाकाे आयाेजना गरिएकाे थियाे । कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्षका उम्मेद्वार राजकुमार मल्लले गाउँपालिकाकाे विकास र समृद्धिकाे लागि गठबन्धनका उम्मेदवारले मात्रै काम गर्न सक्ने भएकाे भन्दै आफूहरुलाई बिजयी गराउन अाग्रह गरे ।

आफूले यसअघि गाउँपालिका अध्यक्ष हुँदा गरेकाे काम नै आफूले पुनः निर्वाचन जित्न प्रयाप्त रहेकाे भन्दै गाउँबासीले फेरि पनि जिताउनेमा विश्वस्त रहेकाे मल्लले बताए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष उम्मेद्वार बनस्तम थिङ, माओवादी नेता ओम ग्लान, कांग्रेस महासमिति सदस्य निर्मला हिमडुङ, नेता चित्रबहादुर थापा, कांग्रेस राक्सिराङ सभापति बिरेन्द्र जिम्बा, माओवादी राक्सिराङ अध्यक्ष हस्तबहादुर माेक्तान, ३ नम्बर वडाध्यक्षका उम्मेद्वार प्रकाश ठकुरी, कांग्रेस ५ नम्बर वडा सभापति सुशील ब्लाेन, वडाध्यक्षका उम्मेद्वार हरि प्रजालगायतकाे उपस्थिति रहेकाे थियाे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan