Search
Close this search box.

गढीका वडाध्यक्षकाे याे कस्ताे सेवा ? रातिराति टनेल प्लास्टिक वितरण

हेटाैंडा- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ मा टनेलमा प्रयोग हुने प्लास्टिक र रात्रिकालीन भोजको लागि लगिएको सामाग्री स्थानीय युवाहरुले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।

एमालेका वडा अध्यक्षका उम्मेदवार टिका प्रसाद दाहालको निर्देशनमा स्थानीयलाई प्लास्टिक टनेल वितरणका लागि ठुलोसल्ले भन्ने स्थानमा पुर्याइएकाे सामाग्री गए राति करिब ९ बजेतिर वडा सदस्यको उम्मेदवार भीममाया तितुङ सहित युवाहरुले नियन्त्रण लिई प्रहरीलाई बुझाएको हो । एमालेको चुनावप्रचार प्रसारमा प्रयाेग भएकाे झण्डावाला गाडीबाट उक्त सामाग्री बरामद गरिएकाे र गाडीसहित प्रहरीलाई बुझाइएकाे वडा सदस्यका उम्मेद्वार भीममाया तितुङले बताइन् ।

गाउँपालिकाको बजेटमा एक घर एक टनेल कार्यक्रम अन्तरगत आएको उक्त टनेल प्लास्टिक चुनावी मैदानमा गठबन्धन सँग हार्ने अवस्था देखिएपछि दाहालले रातिराति वितरण गरेर आफ्नाे पार्टीकाे पक्षमा मत माग्न थालिएकाे स्थानीय युवाहरुकाे दावी छ ।

दाहालले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सामाग्री वितरण गरेपछि स्थानीय युवाहरु आक्राेशित बनेका थिए । उनले बागदली खानेपानी उपभोक्ता समितिलाई थाहै नदिई खानेपानी पाइप बाँडेको, पालिकाको बजेटमा डुम्रेकुना क्षेत्रका लागि ल्याइएको ट्युववेल, पाइपहरु आइपिएम कृषि सहकारीमा राखी गोप्य रुपमा युवाहरु परिचालन गर्दै वितरण गर्ने योजना रहेको स्थानीयहरुले आराेप लगाएका छन् ।

बिहीबार राती प्रहरी चौकी धादिङले नियन्त्रणमा लिएको गाडी जिल्ला प्रहरी कार्यालय पठाइएको छ । दाहाल यस अघि पनि एमालेबाट निर्वाचित वडा अध्यक्ष थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan