Search
Close this search box.

विजय युथ क्लब हेटौंडा फाईलनमा प्रवेश

हेटौंडा-५ पिप्ले रंगशालामा जारी मकवानपुर गोल्डकपमा चौथो संस्करणको स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबलमा विजय युथ क्लब हेटौंडा फाईलनमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा नेपाल पुलिस क्लबलाई शुन्यका बिरुद्ध एक गोल अन्तरले पराजित गर्दै घरेलु टोली विजय युथ क्लब फाईनलमा प्रवेश गरेको हो । प्रतियोगितामा विजय युथका विदेशी खेलाडि जर्सी नम्बर ३ का पेपेले गरेको गरेको गोल नै निर्णायक बनेको थियो ।

आजको खेलको म्यान अफ दि म्याच घोषित हुँदै उनले नगद १० हजार प्राप्त गरे । विजय युथले अब भोली हुने प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलको विजेतासंग जेठ ३० गते फाइनल खेल खेल्ने छ । दोस्रो सेमिफाइनल खेलमा भोलि अन्तर्राष्ट्रिय क्लब एनिनियर एफसी क्यामरुन र त्रिभुवन आर्मी क्लब प्रतिष्पर्धा गर्ने छ ।

प्रतियोगिताको विजेताले उपाधिसँगै १५ लाख रुपैयाँ नगद र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै व्यक्तिगत विधामा उत्कृष्ट हुनेलाई पनि २५ हजार नगद र ट्रफी प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले बुलेट मोटरसाइकल प्राप्त गर्नेछ । प्रतियोगितामा देशका शीर्ष क्लबसहित १२ टोलीको सहभागिता रहेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan