मकवानपुर । नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका–४ वडा कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । मंगलबार विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।
बैठकले रिक्त पदमा सदस्य मनोनीत गर्दै वडा कार्यसमितिलाई पूर्णता दिनुका साथै आर्थिक पारदर्शिता र सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
वडा सभापति अशोक लामा गलानको अध्यक्षतामा वडा नं. ४ मै बसेको बैठकले नेपाली कांग्रेसको विधान तथा प्रचलित नियमअनुसार रिक्त पदमा सुवास ब्लोन, बाबुराम थिङ, नरेन्द्र पाख्रिन र श्रीप्रसाद मुक्तानलाई मनोनीत गरेको हो ।
त्यसैगरी, वडा कार्यसमितिको आर्थिक कारोबारलाई व्यवस्थित, पारदर्शी र जिम्मेवार बनाउन ठाकुर सिंह थिङलाई कोषाध्यक्षमा मनोनयन गर्ने निर्णय गरिएको छ । वडा कार्यसमितिका गतिविधि, सामाजिक सेवा तथा आधिकारिक सूचनाहरू आम नागरिकसमक्ष प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले आधिकारिक फेसबुक पेज सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
उक्त फेसबुक पेज सञ्चालन तथा सूचना सम्प्रेषणको संयोजन गर्ने जिम्मेवारी अनल मोक्तानलाई प्रदान गरिएको छ । बैठकले वडा कार्यसमितिको नियमित बैठक सञ्चालन गर्ने, आर्थिक विषयमा छलफल गर्ने तथा स्थानीय जनसरोकारका मुद्दाहरूमा निरन्तर पहल र पैरवी गर्ने निर्णयसमेत गरेको छ ।
वडा कार्यसमितिलाई थप व्यवस्थित, सक्रिय र जनउत्तरदायी बनाउँदै संगठन विस्तार तथा सामाजिक सेवाका गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्यले बैठकले विभिन्न निर्णय गरेको जनाइएको छ ।
साथै, बैठकमा वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।

