Search
Close this search box.

हेटौंडामा ४२ किलोभन्दा बढी गाँजासहित दुई भारतीय नागरिक पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले ४२ किलो ४१० ग्राम गाँजासहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार दिउँसो १ः३५ बजे हेटौंडा–१५ पिपलबोटस्थित महेन्द्र राजमार्गमा चेकजाँचका क्रममा गाँजासहित भारतीय नम्बर प्लेटको गाडी फेला परेको हो।
प्रहरी चौकी रातोमाटे, मकवानपुर र ट्राफिक प्रहरीसहित खटिएको चेकिङ टोलीले हेटौंडाबाट बारातर्फ जाँदै गरेको BR1AP6073 नम्बरको भारतीय गाडीलाई शंका लागेर जाँच गरेको थियो। सो क्रममा गाडीको बोनट, चालक सिटमुनिको खुट्टा राख्ने स्थान तथा चालकको साइडको सिटमुनि फल्स बटम बनाई लुकाइछिपाइ राखिएको अवस्थामा १९ पोका गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

गाँजासहित भारतको वैशाली जिल्ला, महुवा टोल निवासी २५ वर्षीय बिर्जु कुमार राय र सोही स्थानका २६ वर्षीय मन्जय कुमार रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको जानकारी दिइएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan