Search
Close this search box.

रसुवाको बाढीमा बेपत्ता हेटौँडाका बर्तौलाको कुशको शव बनाएर अन्त्येष्टि


हेटौँडा । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका हेटौँडा उपमहानगरपालिका–११ का कन्टेनर चालक प्रेमकुमार बर्तौलाको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ।
अभिषेक तथा विमल नामले समेत चिनिने बर्तौलाको अवस्था दुई महिनासम्म अज्ञात रहेपछि परिवारले हिन्दु परम्पराअनुसार सोमबार देवघाटधाममा कुशको शव बनाएर अन्तिम संस्कार गरेको हो।
बाढीमा बेपत्ता भएका बर्तौलालाई विभिन्न प्रयास गर्दा पनि फेला पार्न नसकेपछि परिवारले अन्त्येष्टि गर्ने निर्णय गरेको उनका दाजु श्रीपुजन बर्तौलाले बताए।

“बाढीसँगै बेपत्ता भएका भाइको भएभरको जुक्ति लगाएर खोजतलास गर्दा पनि नभेटिएपछि दुई महिनापछि कुशको शव बनाएर अन्त्येष्टि गरेका हौँ,” उनले भने, “यो दुई महिनाको अवधि हाम्रो परिवारका लागि निकै कष्टकर रह्यो।”
बर्तौला गत भदौ १० गते रसुवाको टिमुरेबाट सम्पर्कविहीन भएका थिए। भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका उनको दुई महिनासम्म अवस्था पत्ता नलागेपछि परिवारले अन्तिम संस्कार गरेको हो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan