हेटौंडा–हेटौंडा–९ मा रहेको कृष्ण आदर्श इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीको निशुल्क आँखा परीक्षण गरिएको छ । शान्ति अप्टिकलको सहयोगमा रोट्रयाक्ट क्लव अफ हेटौंडाले शुक्रबार आयोजना गरेको निशुल्क आँखा शिविरमा विद्यालयका ५ सय ५० जना विद्यार्थीले सेवा लिएका छन् ।
परीक्षण गरिएकामध्ये २४ जना विद्यार्थीमा आँखाको समस्या देखिएको थियो । समस्या देखिएकामध्ये केहीको आँखामा मासु पलाएको, आँखा पोल्ने र दृष्टि दोषको समस्या पाइएको विद्यालयका प्रिन्सिपल नवीन केसीले जानकारी दिए । शिविरमा विद्यार्थीहरुको आँखा परिक्षणसँगै निशुल्क औषधि समेत वितरण गरिएको थियो ।
विद्यार्थीको स्वास्थ्यलाई मध्येनजर गर्दै विद्यालयमा हरेक महिना विभिन्न स्वास्थ्य सम्बन्धी शिविरको आयोजना गर्ने आफूहरुको कार्यतालिकामध्ये यस पटक आँखा जाँच शिविरको आयोजना गरिएको विद्यालयले जनाएको छ । आँखा शिविरमा शान्ति अप्टीकलका आँखा रोग विशेषज्ञ डा. ऋतिक भट्टराई नेतृत्वको टोलीले आँखा परीक्षण तथा औषधि वितरण गरेको थियो ।

