हेटौंडा–बागमती प्रदेशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिन्धुली जिल्लाका उद्यमीहरुलाई करिब ३५ लाख रुपैयाँ बराबरको प्रविधि हस्तान्तरण गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबू श्रेष्ठले घरेलु तथा साना उद्योग कार्यालय सिन्धुलीमार्फत वितरण भएको हाते ट्याक्टर, दाना बनाउने मेसिन, ह्याचिङ मेसिन धान कुट्ने मिल, मकै पिस्ने मिल लगायतका प्राविध हस्तान्तरण गरेका हुन् । प्रदेश सरकारको ८०% र २० प्रतिशत उद्यमीको लगानीमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय सिन्धुलीका कार्यालय प्रमुख श्री प्रबीण श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले प्रविधि हस्तान्तरण कार्यक्रम प्रभावकारी रुपमा संचालन भएको पाइएको बताए । प्रविधि प्राप्त गर्ने उद्यमीलाई बधाई दिँदै अब उद्योगको उत्पादन र बिक्रीमा वृद्धि हुने विश्वास व्यक्त गरे ।
मन्त्री श्रेष्ठले सिन्धुलीको हरिहरपुर गढी गाउँपालिकामा निर्माणधीन औद्योगिक ग्राम अनुगमन तथा निरीक्षण गर्दै अहिलेसम्मको प्रगतिको बारेमासमेत जानकारी लिएका थिए ।

