Search
Close this search box.

उत्कृष्ट व्यवसायीलाई ६० प्रतिशत ब्याज अनुदान

हेटौंडा–युवा तथा साना व्यवसायी स्वरोजगार कोषअन्तरगत ऋण लिएका मकवानपुरका साना व्यवसायीहरुलाई ब्याज अनुदान प्रदान गरिएको छ । मकवानपुरको दिव्यतारा बहुद्देश्यीय सहकारी संस्था र शुभकामना महिला जागृति बचत तथा ऋण सहकारी संस्थामार्फत युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट ऋण लिएका ४३ जना ऋणीलाई ६० प्रतिशत ब्याज अनुदान प्रदान गरिएको हो ।
दिव्यतारा बहुद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष गणेश बल लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो । \

कार्यक्रममा शुभकामना महिला जागृति बचत तथा ऋण सहकारी संस्थाकी शान्ता गौतम, युवा स्वरोजगार कोषका काका निर्देशक, विश्वमोहन अधिकारी, मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण देवकोटा, हेटौंडा २ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, बहुद्धेश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरि न्यौपाने, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल अग्रवाल, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रबन्धक रामेश्वर अर्याललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan