Search
Close this search box.

वनदेवीमा स्थलगत निबन्ध प्रतियोगिता, तासिरकी सिमोन प्रथम

हेटौंडा– हेटौंडा उपमहानगरपालिकाभित्रका ४ वटा वडाका सामुदायिक तथा संस्थागत विद्यालयका आधारभूत तहका विद्यार्थीबीच सोमबार स्थलगत निबन्ध प्रतियोगिता भएको छ । हेटौंडा ७,८, १४ र १५ नम्बर वडाका सामुदायिक तथा संस्थागत विद्यालयका आधारभूत तहका विद्यार्थीबीच भएको प्रतियोगितामा तासिर इङ्लिस बोर्डिङ स्कुलकी सिमोन भट्टराई प्रथम भएकी छन् । उनले प्रमाणपत्रसहित नगद ६ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

‘कोरोनाले शिक्षामा पारेको प्रभाव’ विषयमा भएको स्थलगत निबन्ध प्रतियोगितामा वनदेवी आभारभूत विद्यालयकी उर्जना घले द्धितीय, नवज्योति माध्यमिक विद्यालयकी प्रमिला थिङ तृतीय, माउन्ट एभरेष्ट इङ्लिस बोर्डिङ स्कुलकी नितिशा बराल र चन्द्रोदय माध्यमिक विद्यालयकी विशाका देउलाले सान्त्वना स्थान हासिल गरे । उनीहरुले क्रमशः ४०००, २००० र १५०० नगद राशी सहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोग तथा वनदेवी आधारभूत विद्यालयको आयोजनामा निबन्ध प्रतियोगिता भएको हो । चार वडाका १६ वटा विद्यालयका विद्यार्थी सहभागी भएका सो कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडाड १५ का वडा अध्यक्ष सुनिल मोक्तनको विशिष्ट आतिथ्यता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको हो ।

निबन्ध प्रतियोगितामा निवृत्त शिक्षक धु्रबकुमार भुजेल , शिक्षकहरू ज्योती न्यौपाने र अनु रोक्का निर्णायकको भूमिका रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिमालले अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूमा सकारात्मक प्रभाव पर्ने हुँदा विद्यालयहरूले आफैंले पनि समयसमयमा यस्तै किसिमका अतिरिक्त क्रियाकलापहरू गर्नुपर्नेमा जोड दिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan