Search
Close this search box.

त्रिभुवन माविको चार कोठे भवन उद्घाटन

हेटौंडा–हेटौंडा–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा निर्मित चार कोठे विद्यालय भावने उद्घाटन गरिएको छ । शुक्रबार बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले भवनको उद्घाटन गरेकी हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा शिक्षक सुवास खनालले सहजीकरण गरेका थिए ।

भवन उद्घाटनका साथै सामाजिक विकास मन्त्री मोक्तानले विद्यालयमा छात्रवृत्ति वितरण कार्यक्रमको शुभारम्भ गरेकी थिइन् । विद्यालयको थप भौतिक तथा शैक्षिक विकासमा आफू प्रतिवद्ध रहेको मन्त्री मोक्तानले बताइन् ।

विद्यालय, विद्यार्थी समाजको उन्नति र प्रगतिको निम्ति आफू सदैव लागिरहने उनको भनाइ थियो । शिक्षण, सिकाई भन्ने कुरा पढ्ने, पढाउनेभन्दा पनि बुझ्ने, बुझाउने अनि व्यवहारिक हुनुपर्ने उनको भनाइ थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan