Search
Close this search box.

रक्त सञ्चार दिवसकाे अवसरमा आयाेजित कार्यक्रममा ५६ जनाले गरे रक्तदान

हेटाैंडा- ५६ ओैं रक्त सञ्चार दिवसकाे अवसरमा बस्तीपुर जेसीज हाँडीखाेलाकाे आयाेजनामा बिहीबार भएकाे रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका छन् ।

बस्तीपुर जेसीज हाँडीखाेलाका अध्यक्ष रमेश उप्रेतीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बागमती प्रदेशका भाैतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । रक्तसञ्चार केन्द्र हेटाैंडाकाे प्राविधिक सहयोग, रेडक्रस सोसाइटी बसामाडी उपशाखा र तपोबन यूथ क्लबको संयोजनमा कार्यक्रम भएकाे हाे । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाका मन्त्री खेमराज सापकोटाकाेसमेतकाे विशिष्ट आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि प्रजाले जेसीजले विकट क्षेत्रका नागरिककाे हितमा पनि सामाजिक काम गर्न आग्रह गरे । रक्तदान गर्नेहरुलाई आयाेजकले प्रमाणपत्रसमेत वितरण गरेकाे थियाे । जेसीज सदस्य गोकुल उप्रेतीकाे संयाेजकत्वमा कार्यक्रम भएकाे थियाे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan