हेटौंडा–चोरीको मोटरसाइकलसहित मकवानपुर प्रहरीले २ जनालाई पक्राउ गरेको छ । हेटौंडा–५ स्थित शान्तिनगरबाट गत भदौ ३ गते राति चोरी भएको ना ३९ प २२९९ को र अर्को बा ३३ प ६११४ मोटरसाईकलसहित प्रहरीले हेटौंडा–१५ का २० वर्षीय मनोज पुलामी र हेटौंडा–५ का २२ वर्षीय सुरज ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।
हेटौंडा–५ बाट चोरी भएको मोटरसाइकल खोजी गर्ने क्रममा प्रहरीले हेटौंडा १५ स्थित पुलामीको घरमा चोरीको मोटरसाइकल फेला पारेको थियो । त्यससँगै अर्को चोरीको मोटरसाइकलसमेत भेटिएपछि प्रहरीले सोधपुछ गर्ने क्रममा हेटौंडा ५ का ठकुरीलाई पनि पक्राउ गरेको हो ।
उनीहरु दुइ जना मिलेर दुइ वटा मोटरसाइकल चोरी गरी ल्याएको स्वीकार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको दुइ जनामाथि आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।
केही प्रतिक्रिया छ कि ?

