हेटौंडा-हरितालिका तीजको अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर जिल्ला महिला विभागले ८३ जना बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको छ । बिहीबार हेटौंडा १६ शक्तिखोलामा रहेको बिपि आधारभूत विद्यालयका विद्यार्थीलाई कपी, कलमलगायतका शैक्षिक सामाग्री सहयोग गरिएको हो ।
शिक्षक संगठनकी मकवानपुर उपाध्यक्ष एवम् महिला विभाग प्रमुख प्रतिमा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संगठन केन्द्रीय सदस्य लक्ष्मी गजुरेलको प्रमुख आतिथ्यता रहेको थियो । संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहाल, सचिव मुकुन्द न्यौपाने, सहकोषाध्यक्ष भावना सापकोटा, जिल्ला सचिवालय सदस्य डीबी वर्तौला, जिल्ला सदस्य बालकुमार श्रेष्ठ, सबिता लामिछाने, शशिकला कार्की, संगठनका हेटौंडा नगर अध्यक्ष गोपिरमण प्याकुरेल, शिक्षक महासंघ हेटौंडाका अध्यक्ष दीपक अधिकारी, शिक्षक साकोसका अध्यक्ष सिताराम दाहाल, विपी आधारभूत विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद नेपाललगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गजुरेलले संगठनले तीजको अवसरमा देशव्यापी रुपमा शैक्षिक सामाग्री सहयोग गर्ने कार्यक्रम राखेको बताइन् । संगठन निरन्तर शिक्षक, अभिभावक र विद्यार्थीको हितको पक्षमा काम गर्ने उनले प्रतिवद्धता जनाइन् । संगठनका जिल्ला अध्यक्ष श्रीराम दाहालले संगठनले सिर्जनशील कार्य गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने बताए ।

