हेटाैंडा- आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ (क) ले प्रदेश तथा प्रतिनिधिसभामा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको छ ।
शुक्रबार बसेकाे बैठकले मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जयराम लामिछानेकाे एक मात्र नाम सिफारिस गरिएकाे छ । प्रतिनिधिसभामा समानुपातिकतर्फ उदयमाेहन श्रेष्ठ, आनन्द कठायत र गाेरीमाया लामाकाे नाम पठाइएकाे छ ।
प्रदेशसभाकाे प्रत्यक्षतर्फकाे उम्मेदवारकाे लागि भने ९ जनाकाे नाम आएकाे छ । क्षेत्र २ क बाट प्रत्यक्ष उम्मेदवारकाे लागि भीम लामा, यतिराज सापकाेटा, ईश्वरनाथ पाैडेल, महेन्द्र राउत, याेगेन्द्रमान श्रेष्ठ, गाेपिराम बल, राज मैनाली, ओमबहादुर बस्नेत र रन्जन कठायतकाे नाम सिफारिस गरिएकाे क्षेत्रीय सभापति खड्ग गाेपालीले जानकारी दिए ।
त्यस्तै प्रदेश समानुपातिकमा महिला र पुरुषतर्फ गरी १८ जनाकाे नाम सिफारिसमा परेकाे छ ।
समानुपातिक पुरुषतर्फ खड्ग गाेपाली, कृष्णभक्त श्रेष्ठ, भरत लामा, रामचन्द्र थिङ, राजेन्द्र विडारी, पुरुषाेत्तम विक, बुद्धिबहादुर सिन्जाली, रमेश राैनियार, विश्वलाल वाइबा, रुपक बानियाँ र मदन जाेशीकाे नाम सिफारिस भएकाे छ ।
त्यस्तै प्रदेश समानुपातिक महिलातर्फ ईश्वरी शाही ठकुरी, राममाया केसी, भवानी प्रधान, निलम देवकाेटा, जानकी गिरी, शान्ता विक, समिता सुनार रसाइलीकाे नाम सिफारिस भएकाे छ ।

