Search
Close this search box.

हर्नामाडीमा श्यामप्रसाद शर्माको प्रतिमासहितको पार्क

हेटौंडा–हेटौंडा–१८ गुम्बाडाँडामा श्यामप्रसाद शर्माको प्रतिमाको साथ पार्क उद्घाटन गरिएको छ । नेपाली प्रगतिवादी साहित्य लेखन, बामपन्थी राजनीति, पत्रकारिता लगायतका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका शर्माको स्मृतिमा स्मृति पार्क उद्घाटन गर्नुका साथै शर्माको प्रतिमासमेत अनावरण गरिएको छ ।


श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानले प्रदेश सरकार पर्यटन, वन, उद्योग तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा पार्क तथा प्रतिमा स्थापना गरेको हो । शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पार्क उद्घाटन तथा प्रतिमा अनावरण गरेका हुन् । कार्यक्रममा प्रदेशसभा सदस्य मुनु सिग्देल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष सूर्यचन्द्र न्यौपाने, साहित्यकारहरू घनश्याम घिमिरे, अनिता न्यौपाने, पुरुषोत्तम आचार्य, छवि अनित्य, अरुण खतिवडालगायतले श्यामप्रसादबारे चर्चा गरेका थिए । कार्यक्रममा हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेलले गुम्बाडाँडामा सांस्कृतिक बिम्बहरूलाई सजाउन पाइएको भन्दै खुसी व्यक्त गरे ।


साहित्यकार तथा पत्रकार शर्माको २०७४ सालमा निधन भएको थियो । श्यामप्रसाद प्रगतिशील लेखक सङ्घ नेपालको संस्थापक अध्यक्ष समेत हुन् । मकवानपुरको तत्कालीन मन्थली गाविस सोलिथुममा वि.सं. १९८६ सालमा जन्मिएका शर्माको लेखनी कविता बालगीत , निबन्ध, गीत, राजनैतिक विषयका लेख, समालोचना, डायरी आदि आयाममा फैलिएको छ । २०२३ सालदेखि २०४७ सालसम्म कम्युनिष्ट राजनीतिमा रहेर २३ वर्षे भूमिगत जीवन बिताए ।

संस्थाका उपाध्यक्ष इन्द्रप्रसाद नेपालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका सचिव सुवास खनालले सहजीकरण गरेका थिए । कार्यक्रममा बोल्दै मुख्य मन्त्री पाण्डेले पार्क र प्रतिमा स्थापनासँगै तीनलाई जिवन्त राख्न प्रतिष्ठानले भूमिका खेल्नुपर्ने बताए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan