Search
Close this search box.

विज्ञान शिक्षक समाजको राक्सिराङ र मनहरीमा कार्यसमिति

हेटौंडा–मकवानपुरको मनहरी र राक्सिराङ गाउँपालिकामा विज्ञान शिक्षक समाज नेपालको कार्यसमिति गठन भएको छ । शनिबार मनहरीमा भएको भेलाले दुवै गाउँपालिकाको कार्यसमिति चयन गरेको हो । भेलाले राक्सिराङ गाउँपालिकामा कृष्ण कुमार गुप्ता र मनहरीमा ओम प्रकाश सापकोटाको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो ।

राक्सिराङ भेला आयोजक समितिका संयोजक कृष्ण कुमार गुप्ताको सभाध्यक्षता र समाजका जिल्ला उपाध्यक्ष भरत प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा भएको भेलामा मनहरी पालिका भेला आयोजक समितिका संयोजक ओम प्रसाद सापकोटाले स्वागत मन्तव्य राखेका थिए । समाजका जिल्ला समिति सहसचिव नितेश ठाकुर र शिक्षक राधेलाल मण्डलले कार्यक्रममा शुभकामना मन्तव्य राखेका सथए ।

भेलाले मनहरी उपाध्यक्षमा राम आशिष महतो , सचिव राहुल ढुङ्गेल, सहसचिव खेम प्रसाद सापकोटा , कोषाध्यक्ष मुकेश महतो , सहकोषाध्यक्ष सुसन बानियाँ , सदस्य सुविन्द्र पाख्रिन रहेको समिति बनाएको छ । राक्सिराङमा उपाध्यक्षमा रोजी राना मगर , सचिव जयराम पौडेल, सहसचिव जेनिश तामाङ , कोषाध्यक्ष सविना भारती, सहकोषाध्यक्ष अनिता भगत, सदस्यहरूमा मनिष तामाङ, मनोज सहनी, सुब्बा घलान, मिथुन रुम्बा र नारायण महतो रहेको समिति गठन गरेको हो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan