Search
Close this search box.

वनदेवी आधारभूत विद्यालय अध्यक्षमा घिमिरे

हेटौंडा–हेटौंडा–१५ फायरलाइनमा रहेको वनदेवी आधारभुत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा डिलबहादुर घिमिरे चयन भएका छन् । आइतबार भएको २६ औं अभिभावक भेलाबाट घिमिरेको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

भेलाबाट सदस्यमा वबिता राना, नानुमाया दोङ, शान्ती भोलन, कल्पना कार्की र कल्पना विश्वकर्मा सर्वसम्मत चयन भएका छन् । हेटौंडा –१५ का वडा अध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यता तथा शिक्षा विकास महाशाखा हेटौंडा उपमहानगरपालिकाका शिक्षा अधिकृत रामचन्द्र खड्काको विशेष आतिथ्यतामा सम्पन्न भएको सो भेलामा विद्यालका शैक्षिक तर्फका सहायक प्रधानाध्यापक कुमार रुम्बाले शैक्षिक सत्र २०७८ को प्रगति प्रतिबेदन तथा शैशिक्षक सत्र २०७९ को प्रस्तावित योजना प्रस्तुत गरेका थिए । आव २०७६/०७७ र २०७७/०७८ को लेखापरीक्षण प्रतिबेदन तथा आर्थिक वर्ष २०७८र७९को आयव्यय विवरण विद्यालयका प्रधानाध्यापक जयप्रसाद पोखरेलबाट प्रस्तुत गरिएको थियो ।

विद्यालयकी शिक्षक भावना सापकोटाले सहजीकरण गरेको कार्यक्रममा प्रशासनिक सहायक प्रधानाध्यापक उमा कुमारी ढुङ्गेलले स्वागत मन्तव्य राखेकी थिइन् । विद्यालयमा लामो समय कार्यरत रहि सेवा निवृत्त भएका शिक्षक राजेन्द्र गौतमलाई बिदाइ तथा सम्मान गरी दोसल्ला तथा सम्मानपत्र प्रदान गरिएको थियो । सोही कार्यक्रममा नगद दस हजार रुपैयाँ सहित सेवा निवृत्त कार्यालय सहयोगी ज्योतिमाया लामालाई दोसल्ला तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो । त्यस्तै विद्यालयलाई नगद सहयोग गर्ने इन्द्रप्रसाद मैनाली र ममइ देउजालाई सम्मानपत्र सहित सम्मान गरिएको छ ।

सोही कार्यक्रमकै अवसरमा शैक्षिक सत्र २०७८ को वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने सबै कक्षाका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । वार्षिक रुपमा उत्कृष्ट सरसफाइ , अनुशासित, जेहेन्दार, धेरै उपस्थिति हुने विद्यार्थी र विद्यालय उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको छ । साथै अपाङ्ग , दलित र छात्राहरुका लागि प्राप्त छात्रवृत्ति रकम समेत वितरण गरिएको छ

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan