Search
Close this search box.

लेडी जेसीजकाे ‘जेसीज सप्ताह’ सुरु

हेटाैंडा- हेटौंडा लेडी जेसीजको ‘जेसीज सप्ताह’सोमबारबाट शुरु भएको छ । हेटौंडा लेडी जेसीजले जेसीज सप्ताहको पहिलो दिन मनहरीमा रहेको आमा घर नेपाललाई १५ हजार आर्थिक सहयोग गरी सुभारम्भ गरेको हो ।

लेडी जेसीज अध्यक्ष कविता पौडेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीज बर्ष २०२२ की राष्ट्रिय उपाध्यक्ष जेसी रस्मि बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा निवर्तमान अध्यक्ष प्रतिमा श्रेष्ठ, पूर्व अध्यक्ष सुशीला पौडेल, हेटौंडा जेसिजका महासचिव बिकेशलाल श्रेष्ठ र आमा घर नेपालको पि आर ओ मैयाँ प्रसाई लगायतको सहभागिता रहेको थियो।

जेसीज सप्ताह अन्तर्गत सहयोग हस्तान्तरण कार्यक्रम , महिला हिंसा विरूद्ध सचेतना तालिम, हुप्राचौर सरसफाइ कार्यक्रम,आत्मरक्षा तालिम,स्वर्गीय बुद्ध रत्न स्मृति वक्तित्वकला प्रतियोगिता, स्वर्गीय बासुप्रसाद पौडेल स्मृति शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम,स्लो स्कुटी रेस,डेङ्गु विरूद्ध सचेतना कार्यक्रम सहित समापन गरिने हेटौंडा लेडी जेसीजकी अध्यक्ष कबिता पौडेलले जानकारी दिइन।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan