Search
Close this search box.

पत्रकार महासंघले गर्यो शुभकामना आदानप्रदान

हेटौंडा–नेपालीहरुको महत्वपूर्ण पर्व विजयादशमी, दीपावली, नेपाल संवत तथा छठ पर्वको अवसरमा नेपाल पत्रकार महासंघ मकवानपुरले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । शुक्रबार पत्रकार महासंघको सभाहलमा पत्रकार तथा जिल्लाका सरोकारवाला निकायका प्रमुखहरुको उपस्थितिमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।

महासंघ अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, मकवानपुर प्रहरी प्रमुख बामदेब गौतम, सशस्त्र प्रहरी १४ नम्बर गण प्रमुख नेत्र कार्की, अनुसन्धान उपनिर्देशक पप्पु शर्मा पौडेल, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेल, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्ज्वल चौलागाईं , माइती नेपालकी कार्यक्रम संयोजक माया लामा, हिमराइट्स मकवानपुरबाट कुमारी वाइबा, गैरसरकारी संस्था महासंघ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटा, पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, प्रदेश संस्थापक अध्यक्ष प्रताप विष्ट, महासंघ मकवानपुर पूर्व अध्यक्ष राममणि दाहाल, भानुभक्त आचार्य, निवर्तमान अध्यक्ष हरि हुमागाईलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले चाडपर्वले नेपालीहरुमा उत्साह ल्याइरहँदा डेंगु महामारीका कारण गम्भीर समस्या उब्जिएको भन्दै चिन्ता व्यक्त गरिन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan