हेटौंडा– लोकतान्त्रिक वाम गठबन्धनले मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचन लक्षित विभिन्न समितिहरु निर्माण गरेको छ । बुधबार हेटौंडामा भएको भेलाले विभिन्न समितिहरु गठन गरी निर्वाचन लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरिएको हो ।
नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर २ का सभापति लोक मुक्तानको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । जसको सदस्यहरुमा भूमिनन्द अर्याल, वीरबहादुर घलान, गोविन्द चेपाङ, देवकी ढुंगाना र माणिकलाल मुक्तान रहेका छन् । समाजवादीका भूमिनन्द अर्याल संयोजकत्वमा गोविन्दराम चेपाङ, विनायक गोले र उमेश गुणी सदस्य रहेको आर्थिक समिति गठन गरिएको छ ।
यस्तै, लोक मुक्तानकै संयोजकत्वमा ज्योति रायमाझी, प्रकाश थोकर, सगुन स्याङ्तान, शिवहरि बर्तौला, बलराम घिमिरे रहेको निर्वाचन परिचालन कमिटी पनि गठन गरिएको छ । प्रदेश २ (क) मा वीरबहादुर घलान, प्रकाश मैनाली, आशा बल, अर्जुन गौतम रहेको अनुगमन समिति गठन गरिएको छ । प्रदेश २ (ख) मा राजकुमार मल्लको संयोजकत्वमा टंक मुक्तान, रुपेश बर्तौला, ध्रुव खड्का र शिवकुमार काशी सदस्य रहेको अनुगमन समिति गठन गरिएको छ ।
प्रदेश २ (ख) मा लवशेर विष्टको संयोजकत्वमा खड्ग गोपाली, अप्सरा लोप्चन, ईन्द्र श्रेष्ठ, किरणमान बल, यतिराज सापकोटा, जमानसिंह वाइबा रहेको परिचालन कमिटी गठन गरिएको छ ।
प्रदेश २ (ख) मा रञ्जन कालाखेतीको संयोजकत्वमा रुपेश बर्तौला, कमल अर्याल, सञ्जीव पाठक, सन्तबहादुर चेपाङ, नुरोज पौडेल, उदाशकुमार भोलन, टंक मुक्तान, कालु ढकाल रहेको परिचालन कमिटी गठन गरिएको छ ।
यस्तै प्रदेश २ (ख) मा अनुराग बनस्तमको संयोजकत्वमा कमल अर्याल, समीर लामा, भरत स्याङ्बो, सूर्य रोक्का, योगेन्द्र अर्याल रहेको आर्थिक समिति गठन गरिएको छ ।

