Search
Close this search box.

ओलीको आडम्बरले दुईतिहाइको जनमत जोगिएनः खतिवडा

हेटौंडा– नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी, पूर्वमन्त्री एवम् मकवानपुर क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार विरोध खतिवडाले केपी ओलीको आडम्बरले बामपन्थीहरुको तत्कालीन दुइ तिहाई जनमत जोगाउन नसकिएको तर्क गरेका छन् ।

शुक्रबार भीमफेदीमा भएको अगुवा कार्यकर्ता भेलामा बोल्दै खतिवडाले जनताले वामपन्थीलाई सरकार सञ्चालनका लागि दिएको जनमत ओलीको आडम्बर भत्किएको बताउदै उनले जनताको अपमान गरेको बताए । ‘मेरै लोकप्रियताले सबै बल आर्जन भएको भन्दै सरकार र पार्टीलाई एकलौटी चलाउन खोज्दा जनमतको अपमान भयो,’ खतिवडाले भने । ‘पार्टीको रिसले दुई–दुई पटक संसद विघटन गरे ।’

‘२०३६ सालदेखि परिवर्तनका पक्षमा लागेका दलहरु हाम्रो गठबन्धनमा छन्,’ खतिवडाले भने– ‘एमाले भने राजतन्त्र पक्षधर, विखण्डनकारीसँगै गुण्डा नाइकेहरु बोकेर निर्वाचनमा होमिएको छ ।’
खतिवडाले आफ्नो क्षेत्रमा विकासका निर्माणका लागि भए गरेका कार्यहरु बताउँदै झुटको खेती गर्नेहरुले कहिले युवाका नाममा त कहिले विकास भएन भनेर बेइमानी गरिरहेको बताए ।
कार्यक्रममा निर्वाचन क्षेत्र २ क का उम्मेदवार एवम् बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गठबन्धनका उम्मेदवारहरु परिपक्व, अनुभवी र मकवानपुरको विकास अहोरात्र क्रियाशील अनुहारहरु भएको बताइन् । कालिकार भीमफेदी सभामा सहभागी मोक्तानले प्रदेश गठबन्धन सरकारले विकट र दुर्गम कैलाश तथा भीमफेदीको विकासमा गरेको योगदानहरु चर्चा गरिन् ।

प्रदेश ख का उम्मेदवार ईन्द्रबहादुर बानियाँले एमाले कमल थापा, विखण्डनकारी, गुण्डा नाइके बोकेर हिँडिरहेको र व्यवस्था नै सिध्याउने काम लागेकाले गठबन्धन बनाउनु परेको बताए । साढे ३ वर्ष केन्द्र र प्रदेश सरकार हुँदा मकवानपुरको विकासमा एमालेले केही पनि काम नगरेको बानियाँको भनाइ छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan