हेटौंडा–मकवानपुरका यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई राहत वितरण गरिएको छ । सेभ द चिल्ड्रेन ग्लोबल फन्डको सहयोगमा निलहीरा समाजको साझेदारीमा मकवानपुर जिल्लामा रहेका विपन्न र बेरोजगार ९३ जना लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरुलाई दाल, चामल, चिउरा, अण्डा, तरकारीलगायतका खाद्यान्न सामाग्री वितरण गरिएको हो ।
कार्यक्रममा नीलहीरा समाजका अध्यक्ष पिंकी गुरुङ, एफएसजिएमएन संयोजक सम्रिन शेरचन, फ्रेन्ड्स हेटौंडा कार्यक्रम संयोजक किरण थापालगायतको उपस्थिति रहेको थियो । निलहीरा समाजले यौनिक तथा लैङ्गिक तथा अल्पसंख्यक समुदायको अधिकारका लागि काम गरिरहेको छ ।
केही प्रतिक्रिया छ कि ?

