Search
Close this search box.

केपीकाे हातमा सत्ता गए वर्तमान व्यवस्था नै गुम्छः खतिवडा

हेटाैंडा- नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवम् सत्तारुढ गठबन्धनको तर्फबाट गठबन्धन दलका मकवानपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडाले वर्तमान व्यवस्था जाेगाउनकै लागि भए पनि लाेकतान्त्रिक बाम गठबन्धनलाई विजयी गराउनुपर्ने बताएका छन् । २/२ पटकसम्म संसद भंग गरेर एमाले अध्यक्ष ओेलीले यसअघि नै पणरतिगमन गर्न खाेजेकाे भन्दै उनै ओलीकाे पार्टीलाई फेरि जिताएमा संविधा, संघीयता र गणतन्त्र नै नरहने खतिवडाले दावी गरे ।

गठबन्धन दलको आयोजनामा शनिबार मनहरी गाउँपालिकाको रजैयामा भएको चियापान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खतिवडाले भने- ‘दुई पटक सम्म संकट विघटन गरेका केपी ओेलीका हातमा फेरि सत्ता जाने हाे भने संघीयता, गणतन्त्र, धर्म नरिपक्षेता र संविधानलाई नै ध्वस्त गर्छन् । लामाे समयकाे संघर्षबाट प्राप्त उपलब्धी फेरि गुम्छ ।’ उनले थपे-‘केपी ओलीलाई गणतन्त्रकाे माया पनि छैन । गणतन्त्र र संविधानकाे लागि आन्दाेलन भइरहँदा केपी ओली “बयलगाढामा चढेर अमेरिका पुगिदैन भनेर ” बसिरहेका थिए । ओलीले राजा फर्काउँछु भन्ने राजेन्द्र लिङ्देन, देश टुकाउछु भन्ने सिके राउत, व्यवस्था विरोधी कमल थापा लगायतसंग साँठगाँठ गरिरहेका कारणबाट पनि ओली व्यवस्था विराेधी हाे भन्ने कुरा प्रष्ट हुने खतिवडाले बताए ।

अहिले एमालेसंँग कुनै एजेण्डा नभएपछि गठबन्धनका उम्मेदवारलाई अनेक आरोप लगाउने, युवा र बृद्ध उम्मेदवारको कुरा निकाल्ने, स्थानीय कि बाहिरको भन्ने जस्ता कुरा उठाइरहेकाे उनकाे भनाइ थियाे ।  कांग्रेस नेतृत्वको वर्तमान गठबन्धन अग्रगामी गठबन्धन भएको दावी गर्दै उनले मुलुकको परिवर्तनका लागि भएको आन्दोलनमा जेल परेकाहरु अहिले गठबन्धनमा रहेको प्रष्ट पारे । कुनै संकोच नमानी गठबन्धनका उम्मेदवारहरुलाई ढुक्क भएर मतदान गर्न उनले गठबन्धनका नेता कार्यकर्तालाई आग्रह गरे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan