हेटाैंडा-याैनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमाथिकाे सदिओैंदेखिकाे विभेद अन्त्यका लागि सरकारी तवबरबाटै स्पष्ट लैङ्गिक नीतिकाे आवश्यकता रहेकाेमा जाेड दिइएकाे छ । निलहीरा समाज फ्रेन्ड्स हेटाैंडाकाे आयाेजनामा आइतबार हेटाैंडामा भएकाे स्थानीय सरकार, राजनीतिक दल तथा सराेकारवालासँगकाे समन्वयात्मक बैठकमा सहभागी अधिकारकर्मीहरुले संघ, प्रदेश तथा स्थानीय सरकारले छुट्टै लैङ्गिक नीति बनाएर कार्यान्वयन गरेमा अलग पहिचान भएका याैनिक तथा लैङ्गिक अल्पसंख्यकमाथि भइरहेकाे विभेद र लान्छना कम हुँदै जाने धारणा राखेका हुन् ।
निलहीरा समाजकी अध्यक्ष पिंकी गुरूङले फरक लैङ्गिक पहिचान भएकै कारण आफ्नाे समुदायमाथि शिक्षा, स्वास्थ, राेजगारीलगायतकाे क्षेत्रमा भेदभाव हुने गरेकाे गुनासाे गरिन् । ‘लैङ्गिक अल्पसंख्यकलाई छुट्टै शाैचालय, अस्पतालमा अलग बेड, राेजगारीमा आरक्षणलगायतका सामान्य कुरामा पनि कसैले ध्यान दिएका छैनन् । यसले गर्दा लैङ्गिक अल्पसंख्यक झनै हेपिएकाे महसुस गरेका छन् । ‘ अध्यक्ष गुरुङले भनिन्-‘सामाजिक र राजनीतिक रुपमा यस्ताे विभेद अन्त्य गर्न सबैले आवाज उठाइदिनु आवश्यक रहेकाे छ ।’
राजनीतिक दलहरुले लैङ्गिक नीतिलाई आफ्नाे घाेषणापत्रमा समेटेर कार्यान्वयन गर्न उनले आग्रह गरिन् । धार्मिक सांस्कृतिक रुपमा परम्परादेखि नै नजानिँदाे तरिकाले लैङ्गिक अल्पसंख्यककाे अस्तित्व स्वीकार गरिएकाे तर, सामाजिक राजनीतिक रुपमा आफूहरुकाे अस्तित्व अझै स्वीकार नगरिएकाे भन्दै गुरुङले गुनासाे गरिन् ।
निलहीरा समाज मकवानपुरकी कार्यक्रम संयाेजक सुरज किरणले विश्वकाे जनसंख्याकाे झण्डै ८ देखि १० प्रतिशत लैङ्गिक अल्पसंख्यक समुदाय रहेकाेमा उनीहरुलाई समाजले मानवीय व्यवहारसमेत नगरिएकाे भन्दै दुःख व्यक्त गरिन् । अल्पसंख्यक समुदायकाे अधिकारका लागि नेपालमा केही कानुनहरु बनेता पनि कार्यान्वयन भने हुन नसकेकाे उनले बताइन् । बागमती प्रदेशले पनि आफ्नाे समुदायलाई केही क्षमता अभिवृद्धिका कार्यक्रमहरु ल्याएकाे भन्दै उनले त्यतिले मातै नपग्ने बताइन् ।
कार्यक्रकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले आफ्नाे समुदायका हक अधिकारका लागि आवाज उठाउन कुनै पनि राजनीतिक पार्टीमा खुलेर लाग्न आग्रह गरे । लैङ्गिक अल्पसंख्यकलाई आफ्नाे पार्टीमा विशेष प्राथमिकताका साथ पद दिन आफूहरु तयार रहेकाे दलका प्रतिनिधिहरुले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नेकपा एमालेकी नेतृ रमिला सापकाेटा, माओवादी नेता तिर्थ थापामगर, विवेक राई, एकीकृत समाजवादीका नेता ध्रुव भुजेल, हेटाैंडा उपमहागरपालिकाका प्रबन्धक भीम तिमल्सिनालगायतकाकाे सहभागिता रहेकाे थियाे ।

