Search
Close this search box.

राज्यमन्त्री प्रजाद्धारा मनहरी-मलेखु सडक खण्डकाे अनुगमन

हेटाैंडा-स्थानीय तहसमेतकाे सहकार्यमा बागमती प्रदेश सरकारले निर्माण गरिरहेकाे मनहरी- मलेखु सडक खण्डकाे अनुगमन गरेका छन् । बागमती प्रदेश सरकारले छुट्याइएकाे बजेटबाट ठेक्का लागि काम भइरहेका र ठेक्का प्रक्रियामा रहेका सडक तथा पुल याेजनाकाे शुक्रबार राज्यमन्त्री प्रजाले अनुगमन तथा निरीक्षण गरेका हुन् ।

मनहरीबाट धादिङकाे मलेखु जाेड्ने ५२ किलाेमिटर सडकलाई पूरा गर्नकाे लागि ४ खण्डमा काम भइरहेकाे छ । प्रदेश सरकारले मनहरी चैनपुर सडकमा १५ कराेडकाे बहुवर्षीय  ठेक्कामार्फत काम भइरहेकाे छ । साे सडककाे प्रगतिबारे राज्यमन्त्री प्रजाले अवलाेकन गरेका थिए । साेही सडक खण्डकाे जिर्खीखाेलामा पुल निर्माणकाे लागि प्रदेश सरकारले ठेक्काकाे तयारी गरेकाे भन्दै उनले साे साे स्थानकाे पनि अवलाेकन गरेका थिए । यसैगरी प्रदेश सरकारले चैनपुर-मलेखु सडककाे लागि यसैवर्ष ३० कराेड रुपैयाँ छुट्याएर ठेक्काकाे तयारी गरिरहेकाे पनि राज्यमन्त्री प्रजाले बताए । मनहरी मलेखु सडक अन्तरगत राक्सिराङ गाउँपालिका ४ स्थित परेवाभीरमा निर्माणाधीन सडककाे समेत राज्यमन्त्री प्रजाले निरीक्षण गरेका थिए । ४ कराेड रुपैयाँकाे ठेक्का लगाई रिटेनिङ बाल उठाएर साे सडककाे काम भइरहेकाे छ । वर्षायामका पैदल हिँड्नसमेत समस्या हुने साे परेवाभीरमा सडक निर्माणकाे काम करिब ९० प्रतिशत सम्पन्न भइसकेकाे पाइएकाे राज्यमन्त्री प्रजाले बताए ।

‘पुराना फाेटाेहरु सामाजिक सञ्जालमा हालेर परेवाभीरमा बाटाे बनेन भनेर धेरै हल्ला आएपछि कामकाे प्रगति बुझ्न अनुगमनमा आएकाे हुँ । परेवाभीरबाट अहिले गाडी चल्न थालिसकेकाे रहेछ । ९० प्रतिशतभन्दा बढी काम सकिइसकेकाे पाइयाे ।’ राज्यमन्त्री प्रजाले भने -‘चुनावकाे मुखमा भएकाे कामलाई पनि काम गरेन भनेर भ्रम फैल्याउनेहरुकाे विश्वासमा नपर्न म सबैमा आग्रह गर्न चाहन्छु ।’ राज्यमन्त्री प्रजाले राक्सिराङ ४ स्थित घाेरकाेटेमा निर्माण हुन लागेकाे पक्की पुलकाे निर्माणस्थलकाे समेत अवलाेकन गरेका थिए । डिपिआरसमेत भइसकेकाे घाेरकाेटे पुलकाे लागि बागमती प्रदेश सरकारले चालू वर्षमा बजेट विनियाेजन गरी ठेक्का प्रकियाकाे अन्तिम तयारीमा रहेकाे छ । अनुगमनमा नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका उपसभापति माेहन नगरकाेटी, कांग्रेस नेता रामकृष्ण चेपाङलगायतकाे उपस्थिति रहेकाे थियाे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan