Search
Close this search box.

राज्यमन्त्री प्रजाले गरे आदमघाट मनहरी सडककाे अनुगमन

हेटाैंडा- बागमती प्रदेशका भाैतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले प्रदेश पुष्पलाल चक्रपथ सडकअन्तरगत आदमघाट मनहरी सडककाे अनुगमन गरेका छन् । शनिबार राज्यमन्त्री प्रजाले आदमघाट मनहरी सडक अन्तरगत सिम्पानी सरिखेत भार्ता खण्डमा भइरहेकाे कामकाे प्रगतिबारे अनुगमन गरेका हुन् । १७ कराेड २९ लाख ९१ हजार रुपैयाँमा ठेक्का लागेर काम भइरहेकाे छ । प्रदेश भाैतिक मन्त्रालयबाट विनियाेजित रकमबाट गत २०७८ चैत महिनामा रमन पिआर समीक्षा जेभीसँग ठेक्का सम्झाैता भई उक्त सडक विस्तारकाे काम भइरहेकाे छ ।

२०८० साल चैत महिनासम्ममा काम सम्पन्न गर्ने गरी उक्त खण्डमा काम भइरहेकाे छ । राज्यमन्त्री प्रजाले सडक खण्डकाे अवलाेकन गरी समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशन दिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan