Search
Close this search box.

बागमती र बकैयाको खहरे नियन्त्रणमा विशेष योजना बनाउने उद्घोष

हेटौंडा– नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एबम् मकवानपुरको प्रदेशसभा १ को (क) का सत्ता गठबन्धनका उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु)ले बागमती र बकैयामा रहेको खहरेहरु नियन्त्रण गर्न बिषेश योजना बनाइने बताएका छन् । बागमती गाऊँपालिका–१ को चुनाबीसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

यस क्षेत्रको समस्या बनेको खहरे नियन्त्रण गरिनुको साथै पर्यापर्यटनको विकास गरेर अबसरमा परिणत गर्ने योजना बनाउने उनको भनाइ छ । राईगाउँ र माझगाउउँमा पुल, तटबन्धन, लगाएत शिक्षा, स्वास्थ्य रोजगारको लागि आफुले पहल गर्ने उनेले बताए ।

आफुले गरिरहेको अधुरा काम पुरा गर्दै थप नयाँ र प्रभाबकारी योजना ल्याइने उनको भनाइ रहेको छ । अगुवा कार्यकर्तालाई गठबन्धनमा मतदान गर्न र गराउन निर्देशन दिंदै उनले आफुहरु सफल हुन गठबन्धनको जित हुनुपर्नेमा जोड दिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan