हेटौंडा- नेकपा एमालेका मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले मुलुककाे अर्थतन्त्र संकटमा गइरहेकाे भन्दै मुलुक श्रीलंकाकाे हालतमा जानसक्ने भन्दै सचेत गराएका छन् । मुलुकमा भ्रष्टाचार गाउँ देखि सिंह दरबार सम्म फैलिएकाे भन्दै उनले चिन्तासमेत व्यक्त गरे ।
बिहिबार हेटौंडा ९ मा भएको कार्यक्रममा बोल्दै उम्मेद्बार थापाले भ्रष्टाचार बढेका कारण देशको अवस्था कठिन र सङ्कटग्रस्त बन्दै गएको भन्दै सरकारले पनि देशको अर्थतन्त्र सुधार गर्न नसकेकाे भन्दै चिन्ता व्यक्त गरे ।
अहिले गरिब र धनिबिच खाडल झन् ठुलो हुँदै गएको भन्दै थापाले बेरोजगारी समस्या बिकराल रुपमा फैलिएको बताए । थापाले भने ‘यस्तै स्थिति बढ्दै गयो भने श्रीलंकाको जस्तो आर्थिक सङ्कट न आउला भन्न सकिन्न ।’
अहिले केपी ओलीको सरकार कि गठबन्धनको सरकार बनाउने भन्ने नै मुख्य एजेन्डा रहेको उनले बताए । राष्ट्रिय स्वाभिमानी सरकार के पी ओलीको नेतृत्व हुने उनकाे दावी छ । थापाले सूर्य चिन्हबाट चुनाव लड्न पाउँदा खुसी लागेको बताए ।

