Search
Close this search box.

हेटौंडामा एमाले उम्मेदवारको घरदैलो, जनतामाझ यस्ताे गरे बाचा

हेटौंडा – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि नेकपा एमालेका उम्मेदवारले निर्वाचनमा जित आफ्नो पक्षमा पार्न घरदैलो अभियानलाई तीव्रता दिएका छन् । त्यसै अभियान अन्तर्गत नेकपा एमालेका मकवानपुर क्षेत्र नम्बर १ का उमेद्वार कमल थापा, मकवानपुर क्षेत्र नम्बर १ (ख) का उम्मेदवार एकालाल श्रेष्ठ र बागमती प्रदेशका समानुपातिक उम्मेदवार भारती पाठक हेटौंडा ८ मा घरदैलो गरेका छन् ।
घरदैलो कार्यक्रममा स्थानीयले हेटौंडा औद्योगिक क्षेत्रलाई अझ राम्रो  बनाउनुपर्ने बताए । बन्द भएका कलकारखाना हरुलाई संचालन गरि स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्न उम्मेद्बारहरुलाई स्थानीयले आग्रह गरेका थिए । रोजगारको अवसर नभएर धेरै युवाहरु वैदेशिक रोजगार पलायन भएकोले उत्पादनसङ्ग जोड्न नीति निर्माणका लागि उम्मेदवारलाई सुझाव दिएका थिए । बस्तीहरु बाक्लो हुँदै गएकोले यसलाई व्यवस्थित बस्तीका रुपमा लैजान भुमिका खेल्न पनि स्थानीयले सुझाव दिएका छन् ।
स्थानीयको सुझाव अनुसार जिम्मेवारी बहन गर्ने उमेदवार कमल थापा र एकालाल श्रेष्ठले प्रतिबद्धता जनाए । एमाले नेतृत्वको सरकारको पालामा धेरै बिकासका कामहरू सुरु भएकोले जिताएर पठाउन उहाँहरुके मतादातालाई आग्रह गरे । मकवानपुरमा भएका उद्योग कलकारखानालाई उचित ब्यबस्थापन गर्ने, नयाँ औद्योगिक क्षेत्रको बिस्तारलाई अझ सुदृढ बनाउने धारणा राखे ।
यसैगरी केही घरमा खानेपानीको पनि समस्या भएकोले त्यसको लागि पनि उचित व्यबस्थापन हुने उनीहरुको भनाइ छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan