हेटौंडा– समानुपातिकतर्फको पहिलो नम्बरमा राखेको आफ्नो नाम काटेर जनताबाट प्रत्यक्ष रूपमा अनुमोदित हुन आएकी एक नेतृृ हुन् नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डीना’ । लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार डीना २०३९ सालदेखि राजनीतिमा सक्रिय महिला हुन् ।
नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बनाएको चार महिलामध्ये महालक्ष्मी उपाध्याय ‘डीना’ एक हुन् । समानुपातिक सांसद हुँदा जनतामाझ प्रशस्तै काम गरिसकेको भन्दै डीनाले अब जनताबाट निर्वाचत हुन आएको बताउँछिन् । डीनाले अर्थशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन अध्ययन गरिकी छन् । स्वतन्त्र विद्यार्थी युनियन पद्मकन्या क्याम्पसकी पूर्वसभापति भइसकेकी महालक्ष्मी विगतमा तरुण दल र नेपाल महिला संघमा रहेर पनि काम गरिसकेकी छिन् ।
विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उनी १४ औं महाधिवेशनमा देउवा प्यानलबाट नेपाली कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् । नेपालको प्रजातन्त्रलाई पुनस्र्थापना गर्ने सम्बन्धमा नेपाली कांग्रेसले २०४२ सालमा गरेको सत्याग्रहमा उनी जेल समेत परिन् । गिरिजाबाबु, नोना कोइराला, सुशिल कोइराला शैलजाहरुसँगै जेल परेकी उनले नेपालमा प्रजातन्त्र पुर्नस्थापना,संविधान निर्माणसँगै महिला,आदिवासी जनजाती र दलितहरुको क्षेत्रमा थुप्रै काम गरेकी छन् ।
डीना मकवानपुरमा पहिलोपटक महिला साक्षरता सुरु गर्ने अभियानकर्ता समेत हुन् । उनले प्रोढ शिक्षामार्फत महिलाहरुलाई साक्षर बनाउने अभियान सुरु गरेको थिइन् । पहिलो (एनजीओ) गैरसहकारी संस्था स्थापना गर्ने व्यक्ति हुन् । महिला साक्षरता अभियान भनेर सुरुसुरुमा नेपाल महिला संघबाट डीनाले आफँै पैसा उठाएर गाउँमा शिक्षक पाउन मुस्किल, पढेका मान्छे थिएनन् त्यसैले बजारबाट शिक्षक पठाएर पनि कार्यक्रम निरन्तर गरिरहिन् ।
आफ्नो घर भएको वडामा समेत निरक्षर महिलाहरु निकै भएको पाएपछि उनले सुरुमा २ वटा साक्षरता कक्षा सञ्चालन गरिन् । सुरुमा विभिन्न उद्योगहरुसँग सहयोग मागेर ५–७ वटा महिला साक्षरता कार्यक्रम सञ्चालन गरेकी उनले गैरसहकारी संस्था दर्ता गरेपछि नेपाल महिला संघको संस्थापक केन्द्रीय अध्यक्ष मंगलादेवी सिंहबाट शेड्पा भन्ने आइएनजीओसँग समन्वय गराएर साक्षरता अभियान, महिला प्रौढ शिक्षा, महिला सीप तालिम, परिवार नियोजन, परिवार व्यवस्थापन सम्बन्धी कार्यक्रमलाई वृहत रुपमा सञ्चालन गरिन् ।
नेपाल महिला संघमार्फत उनले किशोरी शिक्षा, स्कुलमा पिटिए भनेर ‘पारेन्ट्स टिचर एशोसियसन’ गठन गर्ने प्रकृया र महिलाहरुको शिप स्वास्थ जस्ता अनेकौ कार्यक्रम मकवानपुरमा सुरु गरिन् । माओवादी र शसस्त्र आन्दोलनको द्धन्द्धमा समेत उक्त कार्यक्रमको निरन्तरता र सन्चालन भईरहेको थियो । उनले मकवानपुरमा कृषक पाठशाला कार्यक्रम समेत सञ्चालन गरिन् ।
समानुपातिक सांसद हुँदा प्रसस्तै काम गरेँ, अब जनताबाट अनुमोदित हुन आएको छुः डीना
हेटौंडा÷समानुपातिकतर्फको पहिलो नम्बरमा राखेको आफ्नो नाम काटेर जनताबाट प्रत्यक्ष रूपमा अनुमोदित हुन आएकी एक नेतृृ हुन् नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डीना’ । लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार डीना २०३९ सालदेखि राजनीतिमा सक्रिय महिला हुन् ।
नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बनाएको चार महिलामध्ये महालक्ष्मी उपाध्याय ‘डीना’ एक हुन् । समानुपातिक सांसद हुँदा जनतामाझ प्रशस्तै काम गरिसकेको भन्दै डीनाले अब जनताबाट निर्वाचत हुन आएको बताउँछिन् । डीनाले अर्थशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन अध्ययन गरिकी छन् । स्वतन्त्र विद्यार्थी युनियन पद्मकन्या क्याम्पसकी पूर्वसभापति भइसकेकी महालक्ष्मी विगतमा तरुण दल र नेपाल महिला संघमा रहेर पनि काम गरिसकेकी छिन् ।
विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उनी १४ औं महाधिवेशनमा देउवा प्यानलबाट नेपाली कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् । नेपालको प्रजातन्त्रलाई पुनस्र्थापना गर्ने सम्बन्धमा नेपाली कांग्रेसले २०४२ सालमा गरेको सत्याग्रहमा उनी जेल समेत परिन् । गिरिजाबाबु, नोना कोइराला, सुशिल कोइराला शैलजाहरुसँगै जेल परेकी उनले नेपालमा प्रजातन्त्र पुर्नस्थापना,संविधान निर्माणसँगै महिला,आदिवासी जनजाती र दलितहरुको क्षेत्रमा थुप्रै काम गरेकी छन् ।
डीना मकवानपुरमा पहिलोपटक महिला साक्षरता सुरु गर्ने अभियानकर्ता समेत हुन् । उनले प्रोढ शिक्षामार्फत महिलाहरुलाई साक्षर बनाउने अभियान सुरु गरेको थिइन् । पहिलो (एनजीओ) गैरसहकारी संस्था स्थापना गर्ने व्यक्ति हुन् । महिला साक्षरता अभियान भनेर सुरुसुरुमा नेपाल महिला संघबाट डीनाले आफैं पैसा उठाएर गाउँमा शिक्षक पाउन मुस्किल, पढेका मान्छे थिएनन् त्यसैले बजारबाट शिक्षक पठाएर पनि कार्यक्रम निरन्तर गरिरहिन् ।