Search
Close this search box.

मकवानपुरे जनताले महसुश हुनेगरी विकास गर्छौँ : मोक्तान

हेटौंडा– नेकपा माओवादी केन्द्र मकवानपुर इन्चार्ज एवं मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ उम्मेदरवार कुमारी मोक्तानले मतदाता भेटघाटको क्रममा मकवानपरका जनताले अब वास्तबिक रुपमा राजधानी बासी भएको महशुस गर्न पाउनेगरी विकासको रोडम्याप तयार गर्ने बताएकी छन् । बागमती प्रदेशको राजधानी हेटौंडाको ११ नम्बर वडामा घददैलोको क्रममा उनले यस्तो बताएकी हुन् ।

नवलपुरको सरस्वती टोल र शान्ति चोकमा गरिएको घरदैलोमा मतदाताहरुले राजधानीमा बसे पनि राजधानी बन्दा र नबन्दा बिचको अन्तर महशुस भने नभएको गुनासो गरेका छन् । पटक पटक जिताएर पढाएको उम्मेदवारहरुबाट भन्दा बिगतमा १ पटक व्यवस्था बदल्न र अर्को पटक त्यसलाई संस्थागत गर्न पठाइएको नेताहरु सफल भएको कारण पनि पुनः मोक्तानलाई जिताउने बताउँदै अग्रिम शुभकामना ब्यक्त गरेका छन् ।

घरदैलोका क्रममा स्थानीय मतदाताहरुले यस वडाकै मान्छे मूख्यमन्त्री बनेर आएपनि सोचेअनुरुपको विकासका काम हुन नसकेको गुनासो गरेका थिए । उनीहरुले यस क्षेत्रमा स्वच्छ खानेपानी, गुणस्तरीय शिक्षा, स्वरोजगार तथा उत्पादनमुखी क्षेत्रलाई प्राथमिकता दिनुपर्ने माग गरे ।

मतदाताहरुको गुनासोपछि उम्मेदवार मोक्तानले लोकतान्त्रिक बाम गठबन्धनको बिजयी भए यहाँको समस्या समाधानमा पहिलो प्रथामिकता दिइने बचन दिइन् । आफू सामाजिक विकास मन्त्री भएपछि शैक्षिक गुणस्तर बृद्धि गर्नुको साथै सांसद विकास कोषबाट प्राप्त रकमले विभिन्न शीर्षकमा यस क्षेत्रमा विनियोजन भएको र अब पुनः अधुरा कार्य सम्पन्न गर्न आफूलाई विजयी गराउन मतदातासँग आग्रह गरे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan