हेटौंडा– हाम्रो नेपाली पार्टीबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–१ का उम्मेदवार दिपेन्द्रचन्द ठकुरीले नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको प्रसंशा गरेका छन् ।
शनिबार फेसबुक लाइभमा बोल्दै उनले बानियाँ मुख्यमन्त्रीको लागि योग्य व्यक्ति भएकाले सदा सम्मान रहेको बताएका हुन् ।
हिमालयन टेलिभिजनले हेटौंडामा आयोजना गरेको महासंग्राम कार्यक्रममा टेलिभिजनले विभेदपूर्ण व्यवहार गरी आफुलाई मञ्चमा आसनग्रहण नगराएको भन्दै विरोधमा उत्रिएका ठकुरीले कार्यक्रममा सहभागी इन्द्रबहादुर बानियाँको कुनै दोष नरहेको स्पष्ट पारे । ‘इन्द्र दाई प्रति सम्मान छ, उहाँ मुख्यमन्त्री बन्न लाएक व्यक्ति हो, उहाँप्रति हाम्रो सम्मान छ,’ ठकुरीले भने ।
केही प्रतिक्रिया छ कि ?

