हेटौंडा– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको तयारीका लागि मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महालक्ष्मी उपाध्याय डीना र १ (ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार आनन्दराम पराजुली आम नागरिकको घरघरमा समस्या सुन्दै मत माग्नमा व्यस्त बनेका छन् ।
बिहान देखि अबेर राति सम्म डिना र पराजुली मतदातासँगै रहन्छन् । मतदाताको समस्या सुन्छन् र निर्वाचित भएपछि त्यस्ता समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्छन् । शनिबार बिहान संघ तर्फका उम्मेदवार डिना प्रदेशसभाका उम्मेदवार पराजुली हेटौंडा–४ कर्राका विभिन्न टोल टोलमा पुगे । उम्मेदवारको आक्रोश र समस्यालाई डिना र पराजुलीले सहर्ष स्वीकार्दै भने तपाईँको मतको कदर गर्छौ र समस्या हल गर्छौ। हेटौंडा–४ का मतदाताले दुवै उम्मेदवारलाई फुलमाला र खादाले स्वागत गरे र विजयी हुन शुभकामना दिए ।
डिना र पराजुली लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसबाट सिफारिस भएका प्रत्यक्ष तर्फका उम्मेदवार हुन् । महिला अगुवा तथा शैक्षिक व्यक्तित्व डिना संविधानसभा सदस्य पनि हुन, उनी साहसिक महिलाको रुपमा छुटै छवि बनाउन सफल छिन भने पराजुली युवा र जेष्ठ नागरिक माझ निकै लोकप्रिय मानिन्छ ।

