Search
Close this search box.

डीनाको संकल्पः औद्योगीकरणमार्फत रोजगारलाई प्राथमिकता

हेटौंडा– लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डीना’ले आफ्नो संकल्प सार्वजनिक गरेकी छन् । उनले हेटौंडाको औद्योगीकरणमार्फत रोजगारलाई बढवा दिने कुरालाई प्राथमिकता राख्दै संकल्प सार्वजनिक गरेकी हुन् ।

विद्यार्थी राजनीति हुँदै संविधान निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनले समान अवसर, न्यायपूर्ण समाजको निर्माण र महिलाको सम्मान गर्ने उल्लेख गरेकी छन् । त्यसैगरी शान्ति र समृद्धिको पहिचान, गठबन्धनको सरकार निर्माणमा जोड दिएकी छन् ।

प्रत्यक्ष जनताको सुखदुःखमा रहेर काम गर्न र महिला नेतृत्वका लागि भन्दै समानुपातिकतर्फको पहिलो नम्बरमा रहेको आफ्नो नाम छोडेर प्रत्यक्षतर्फ चुनावमा होमिएकी डीनाले सम्मानित स्वस्थ जीवन र सुरक्षा, ज्येष्ठ नागरिकको हेरचाहलाई पनि प्राथमिकता दिँदै शिक्षा, स्वास्थ्य, कृषि, सहकारी र उद्योग कलकारखानाबाट युवालाई रोजगारी दिने आधारहरु प्रश्तुत गरेकी छिन् । सफा, सुन्दर, हरियाली र भौतिक पूर्वाधार सम्पन्न प्रदेश राजधानी बनाउने, विकट भेटमा समेत आवश्यक भौतिक संरचनाको निर्माणमा प्रतिबद्धता जनाएकी छन् ।

पूर्व राज्यमन्त्री भएर समेत काम गरिसकेकी उनले सुशासन, दिगो विकास र राष्ट्र निर्माणमा आफ्नो योगदान र सरोकार रहने उल्लेख गरेकी छिन् । विद्यार्थी र महिला नेतृ हुँदै कुशल सहकारीकर्मीको परिचय समेत बनाइसकेकी उनले शिक्षाको क्षेत्रमा समेत योगदान पु¥याएकी छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan