Search
Close this search box.

मतदाता माझ निरन्तर डीना र *आनन्द

हेटाैंडा- मंसिर ४ गते हुने निर्वाचनमा मतदाताकाे मत आफ्नाे पक्षमा पार्न मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार महालक्ष्मी उपाध्याय डीना र क्षेत्र नम्बर १ (ख) का प्रदेशसभा सदस्य उमेदवार आनन्दराम पराजुलीले आफ्नाे अभियान तीव्र बनाएका छन् ।

उनीहरु हरेक दिन बिहान देखि साँझ अबेरसम्म हेटौंडाका विभिन्न वडाका मतदानसँग रहन्छन् । सोमबार पनि उपाध्याय र पराजुलीले हेटौंडा ४ र ७  का विभिन्न टोलमा पुगेर मतदाताहरुसंग छलफल र परामर्श गर्दै मत मागेका छन् । मत माग्ने क्रममा दुवैजनाले यस पटकको आफ्नो एजेन्डा विपक्षीले अधुरो छोडेको कामलाई पूरा गर्ने र मतदातासंगको प्रतिवद्धतालाई कुराले भन्दा काम गरेर पूरा गर्ने भएको बताएका छन् । घरदैलोमा डीनाले महिला सवालका विशेष र मकवानपुरको समग्र विकासको क्षेत्रमा आफ्नो संकल्प रहेको बताएकी छिन् । त्यसैगरी उपाध्याय र पराजुली घरदैलोमा पुग्दा मतदाता उत्साही हुँदै दुवैजनालाई मत दिने बताएका थिए । हेटौंडा–७ की कृष्णदेवी बर्तौलाले खुलेरै धेरै पटक कम्युनिष्टलाई भोट दिएर जिताएको तर फर्केर नआएको गुनासो गर्दै यस पटक संघमा डिनालाई र प्रदेशमा आनन्दरामलाई मतदान गर्ने सुनाइन् । उनले घरदैलोका क्रममा डिना र पराजुलीलाई चुनाव जितेर नहराउन, निरन्तर जनताको घरदैलोमा आउन र जनताको सुखदुःखमा साथै रहन अनुरोध गरिन् ।

हेटौंडा–४ का ९८ बर्षीय एक ज्येष्ठ नागरिकले यस पटक डिना र आनन्दरामलाई जिताउन अनुरोध गरे । मतदाताको उत्साहको कदर गर्दै पराजुलीले बोलेको कुरा पूरा गर्न पछि नहट्ने भन्दै मतदातालाई ढुक्क हुन भने । डिना पद्मकन्या क्याम्पसकी स्ववियु सभापति हुदै संविधानसभा सदस्य समेत रहेर संविधान जारी गर्न उल्लेख्य भुमिका निर्वाह गरेकी थिइन् । अघिल्लो स्थानीय निर्वाचनमा हेटौंडाको मेयर पदमा झिनो मतले पराजित पराजुली त्यसयता राजनीतिक अभियानमै क्रियाशील छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan