Search
Close this search box.

तपाइको सहयोगमा सहज एम्बुलेन्स सेवा पाएका छौंः थ्यांक यु ईन्द्र बानियाँ

मेरो नाम गोकर्ण सुवेदी हो । म हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ मा बसोबास गर्छु । केही समय अगाडिसम्म यस क्षेत्रमा कहिँकतै सुत्केरी, बिरामी र दुर्घटना भएमा स्वास्थ्य संस्था वा अस्पतालसम्म पु¥याउन निकै सकस भइरहेको थियो । एम्बुलेन्सको अभावले गर्दा यताको स्थिति एकदमै विकराल थियो । कोही बिरामी परे एम्बुलेन्सलाई फोन ग¥यो नलाग्ने, खाली नहुने, कहिले जिल्ला बाहिर रहेको भन्ने कुरो आउँथ्यो ।
एकदम गा¥हो, असहज परिस्थिति सृजना भएको थियो । पछि हामीले यहाँकै नेपाली कांग्रेस संगठनमार्फत आग्रह गरेर यस भेगसहित आसपासको क्षेत्रसमेत समेटिने हिसाबले सजिलो हुन्छ भन्ने सोचेर एम्बुलेन्सको आवश्यकता रहेको भन्दा ईन्द्रबहादुर बानियाँज्यूले तत्कालै त्यसको रेस्पोन्सको लागि एउटा टिम बनाएर उहाँकै स्वर्गीय दाजुको स्मृतिमा भनेर हार्नामाडी स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गर्नुभयो । साथै एम्बुलेन्स संचालनको लागि केही रकम हस्तान्तरणसमेत गर्नुभयो ।
विगत ३ वर्षदेखि हामीहरुले त्यो एम्बुलेन्सको उपयोग गर्दै आइरहेका छौं । थप एम्बुलेन्स ल्याउनु परेको छैन । त्यसैले हामीलाई सेवा दिइरहेको छ । बिरामीहरुले बिहान, बेलुका नभनी जुनबेलामा पनि एम्बुलेन्सको सेवाबाट सहजै रुपमा उपचार गर्न जान पाइरहेका छन् ।
जे होस उहाँको यो देनबाट हामी हर्नामाडीबासी एकदम खुसी छौं । आगामी दिनहरुमा पनि उहाँबाट यो भन्दा अझ बढी सहयोगको अपेक्षा हामीले राखेका छौं ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan