हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–१ बाघफलमा श्रीमान् श्रीमतीबीच झैझगडा तथा कुटपिट हुँदा श्रीमानको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कार्तिक ११ गते राति करिब १ बजे ५३ वर्षीय टेकबहादुर मुक्तान र उनकी ४५ वर्षीया श्रीमती प्रेमकुमारी मुक्तानबीच झैझगडा तथा कुटपिट भएको थियो । उक्त घटनामा टेकबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनासम्बन्धी अनुसन्धानका लागि मृतकका छोरा सुरेन्द्र मुक्तानले बुधबार दिएको उजुरीका आधारमा प्रहरीले प्रेमकुमारीलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकी प्रेमकुमारीलाई मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
केही प्रतिक्रिया छ कि ?

