मेरो नाम बिहव्ल पोखरेल हो । म हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित आदर्श पथमा बस्छु । म अहिले २७ वर्षको भएँ ।
२०७४ साल बैशाख २३ गते सवारी दुर्घटनामा परी मेरो मेरुदण्ड भाँच्चिएको थियो । दुर्घटनापछि मेरो राष्ट्रिय ट्रमा सेन्टरमा मेरुदण्डको अप्रेशन गरी स्टिल जडान गरियो । त्यसपछि मैले करिब ५ महिनासम्म काभ्रेको स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रमा मेरुदण्डको थेरापीसमेत गरेँ । उपचार गर्ने क्रममा मेरो १४ लाख जति पैसा सकियो । त्यसबेला मलाई ९ नम्बर वडाको कांग्रेस पार्टीले १ लाख उपचारको लागि सहयोग गरेको थियो । उपचार गर्दा पनि डाक्टरहरुले हिँडडुल गर्ने चान्स कमै रहेको भन्नु हुन्थ्यो । उहाँको त्यो कुरा सुन्दा म धेरै आत्तिएको थिएँ । घरमा आम्दनीको श्रोत त्यतिखेर बुबाको पेन्सन मात्र थियो । त्यसपछि घरमा सबैको आशा म माथि नै थियो । तर, त्यो दुर्घटनाले सबै सपना लथालिङ्ग बनाइदियो ।
पुरै नैराश्यताले घर गरेको मेरो मनमा एक्युपन्चर, थेरापी र आयुर्वेद पद्दतीले नयाँ आशा पलायो । तर, त्यसको लागि पनि पैसाको अभावले गर्दा गा¥है थियो । मेरो अवस्था र समस्यालाई देखेर ९ नम्बरका कांग्रेस नेता माधव आचार्यले ईन्द्र दाईसँग मेरो भेट गराइदिनुभयो । दाईले मेरो अवस्थालाई देखेर त्यतिखेर एक्युपन्चर, थेरापी र आयुर्वेद उपचारको लागि ५० हजार सहयोग गर्नुभयो । साथै निको भएर आएसी रोजगारी समेत दिने बचन दिनुभयो । अहिले म सामान्य हिँडडुल गर्नसक्छु । दाईले पनि बाचा गरे जस्तै नेपाली कांग्रेस बागमती प्रदेशको सचिवालयमा मलाई रोजगारी दिनुभयो । म सात महिनादेखि सचिवालयमा काम गरिरहेको छु । विगतका दिनहरु फर्किएर हेर्दा अहिले मलाई धेरै राम्रो छ । मेरो यो जीवन परिवर्तनमा ईन्द्र दाईको ठूलो भुमिका छ । उहाँलाई जति धन्यवाद दिउँ त्यति कम छ । थ्यांक यु ईन्द्र बानियाँ ।
उपचार र रोजगारीमा तपाईकै देनः थ्यांक यु ईन्द्र बानियाँ
सम्बन्धित समाचार
पालुङ जेसिजले मनायो नेपाल जेसीजको स्थापना दिवस
मकवानपुर - नेपाल जेसीजको ६० औं स्थापना दिबसको अवसरमा थाहा नगरमा क्रियाशिल पालुङ जेसीजले विविध कार्यक्रम सञ्चालन गरेको छ ।
असोज १ गते शनिवार पालुङ जेसीजले जेसिआई मिसनका बिषयमा अन्तरक्रिया कार्यक्रम...