इंग्ल्याण्डका डिफेन्डर बेन ह्वाइटले विश्वकपका बाँकी खेल छाडेका छन् । उनले व्यक्तिगत कारणले विश्वकप बीचमै छाडेर इंग्ल्याण्ड फर्केका हुन् ।
एफएले बुधबार राति यसको पुष्टि गरेको छ । कतारमा रहेको इंग्ल्याण्डको टोलीको अल वाक्राहमा रहेको प्रशिक्षण शिविर छाडेको भनेको छ ।
विज्ञप्तिमा भनिएको छ कि आर्शनलका डिफेन्डर समेत रहेका ह्वाइट विश्वकपका लागि पुनः कतार फर्कने अपेक्षा रहेको छैन् । एफएले खेलाडीको गोपनीयतालाई सम्मान गर्ने बताएको छ ।
बुधबार नै आर्शनलले एक ट्विट गर्दै आफुहरु बेनको साथमा रहेको बताएको छ ।
इंग्ल्याण्डका प्रशिक्षक साउथगेटले उनको स्थानमा अर्को खेलाडी नबोलाउने भएका छन् ।
प्रशिक्षक साउथगेटसँग पहिले नै पहिलो रोजाइमा रहेका डिफेन्डर ह्यारी म्यागुइर, जोन स्टोन्स, कोनोर कोडी र एरिक डायर रहेका छन् ।
ह्वाइटले यस सिजन आर्सनलका लागि रााइट ब्याक खेलेका छन् तर काइल वाकर, किरन ट्रिपियर र टे«न्ट अलेक्ज्याण्डर अर्नोल्डले इंग्ल्याण्डका लागि उनको कमी पुरा गर्न सक्छन् ।
इंग्ल्याण्डको राष्ट्रिय टोलीबाट चार खेल खेलेका ह्वाइटलाई आर्सनलका लागि प्रभावशाली फर्मका कारण विश्वकपका लागि बोलाएको थियो । यी डिफेन्डरले विश्वकप ब्रेक अघि १४ प्रिमियर लिगका खेलहरु खेलेका थिए ।
आर्सनल प्रिमियर लिगको शिर्ष स्थानमा रहेको छ

