हेटाैंडा- हेटाैंडा-१६ मा रहेकाे जनप्रिय माध्यमिक विद्यालयले आफ्नाे ४७ औं वार्षिकोत्सव आज भब्यताकासाथ सम्पन्न गरेको छ । बिहीबार र शुक्रबार भएको दुई दिवशीय कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम तथा विभिन्न विधाका खेलकुदहरु गरी वार्षिकाेत्सव मनाइएकाे हाे ।
प्राथमिक तहका कक्षाहरुमा चम्चा दौड, बेलुन फूटाइ, द्रुत लेखन, घ्याम्पो फूटाइ लगायतका विभिन्न खेलकुद तथा बौद्धिक र सास्कृतिक कार्यक्रमहरु सम्पन्न भएका थिए । यता कक्षा ६ देखि १० सम्म भने छात्र तथा छात्रा तथा छात्रातर्फ छोटो तथा लामो दूरीका दौड, हाई जम्प, लङ्ग जम्प, भलिबल, छेलो फ्याक्ने, भाला फ्याक्ने लगायतका प्रतियोगितात्मक कार्यक्रमहरु भएको थियो । बौद्धिकतर्फ द्रूत लेखन, हाजिरीजवाफ प्रतियोगिताहरु भएका थिए ।
जनप्रिय अतिरिक्त क्रियाकलाप तथा साँस्कृतिक विभाग अन्तर्गत रहेका विभिन्न विभागहरुले कार्यक्रमको संयोजन गरेको विभागका संयोजक युक्तलाल विश्वकर्माले जानकारी दिए । खेलकुदतर्फ संयोजक विजय थिङ्ग, बौद्धिकतर्फ सम्प्रस पौडेल, सांस्कृतिकतर्फ नम्रता शर्मा र शुश्मा दङ्गाल, अनुशासनतर्फ रविन श्रेष्ठ, सञ्चारतर्फ सुनिल गौतम, अनुसन्धान विभागका डा. विजय नेपाल, प्रविधिक धारका संयोजक मोतिउर रहमान लगायतको संयोजकत्वमा कार्यक्रम संयोजन भएको हो ।
प्रधानाध्यापक भुपेन्द्र चौलागाईको अध्यक्षतामा भएको समापन कार्यक्रममा व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद पनेरुको प्रमुख आतिथ्यता तथा सदस्य बाला चौलागाई र सहायक प्रधानाध्यापक रामआशिष मण्डलको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षक अभिभावक संघका सदस्य गोपी दुलाल, पूर्व प्रधानाध्यापक नमराज अर्याल, शिक्षक प्रतिनिधि लक्ष्मी श्रेष्ठ, विव्यस सल्लाहकार वसन्त दाहाल, शिक्षक प्रतिनिधि विष्णुहरि गौतम लगायको उपस्थिति रहेको थियो । शिक्षकहरु नीर बहादुर खड्का, अनिता तिमल्सेना, रणजित शाह, उमा श्रेष्ठ, बिदुर सापकोटा,कल्याणकृष्ण प्याकुरेल, तुलसा रायमाझी, मानव घलान, अभिषेक वास्तोला, करुणा महत, मालती फूँयाल, प्रदिप दाहाल, दिपेन्द्र पौडेल ज्योति गौतम, केपी अधिकारी लगायतको सक्रिय सहभागिता रहेको थियो ।
यसैबीच जनप्रिय माध्यमिक विद्यालयमा अध्ययनरत प्राविधिक तथा साधारण धारतर्फ विभिन्न संकायमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई शुक्रबार नै स्वागत कार्यक्रम समेत सम्पन्न गरेको छ ।

