Search
Close this search box.

स्वीटजरल्याण्डमाथि शानदार जित निकाल्दै पोर्चुगल क्वार्टरफाइनलमा

गोन्सालो रामोसको ह्याट्रिकमा स्वीटजरल्याण्डमाथि शानदार जित निकाल्दै पोर्चुगल क्वार्टरफाइनलमा पुगेको छ।

लुसैल स्टेडियममा मंगलबार राति भएको अन्तिम नकआउटमा पोर्चुगलले स्वीटजरल्याण्डलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको हो।

खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको पोर्चुगलले बाँकी गोल दोस्रो हाफमा गर्यो।
पोर्चुगलको जितमा रामोसले ह्याट्रिक गरे। जारी विश्वकपमा यो पहिलो ह्याट्रिक हो। क्रिस्टियानो रोनाल्डोको स्थानमा सुरुमै मैदान प्रवेश गरेका रामोसले खेलको १७, ५१ र ६७ औँ मिनेटमा गोल गरे।
३३ औँ मिनेटमा कप्तान पेपेले गोल गरे।

खेलको ५५ औँ मिनेटमा राफेल गुइरिरोले गोल गर्दै पोर्चुगललाई ४–० को अग्रता दिलाए। त्यसको तीन मिनेटमा नै स्विटजरल्याण्डले एक गोलफर्कायो। स्विटजरल्याण्डका मेनुअल एन्काजीले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए।

खेलको अतिरिक्त समयमा राफेल लियोले गोल गर्दै ६–१ को सानदार जित निकालेको हो। मंगलबार नै भएको अर्को खेलमा मोरक्कोले स्पेनलाई ३९० ले पराजित गरेको छ। अब क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल भिड्नेछन्

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan